×

NMB BANK
NIC ASIA

जानिराखौं – मानसिक रोगका कारण र लक्षण

असोज ३०, २०७६

NTC
Premier Steels

काठमाडौं –  सामान्यता मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो ।

Muktinath Bank

मानसिक रोग विभिन्न विभिन्न प्रकारका हुन्छन् । डिप्रेसन, एन्जाइटी डिसअर्डर, निद्रासम्बन्धी रोग, मानसिक असन्तुलन, छारेरोगलगायत मानसिक समस्या नेपालमा धेरैजसो देखिने गरेका छन् । रक्सी सेवनको लत पर्नु, बालबालिकामा हुने बौद्धिक अपांगता, अटिजम, डिमेन्सिया आदि समस्या पनि मानसिक रोग हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिला–पहिला हिस्टेरियालाई सरुवा मानसिक रोगको रूपमा लिइन्थ्यो, तर यो कन्भर्जन डिसअर्डर हो । मानिसमा अत्यधिक तनावका कारण शरीरमा असर पर्ने हुन्छ । जस्तै, बेहोस हुने, कराउने, चिच्याउने समस्या हुने गर्छ । प्रायः यस्तो समस्या किशोरीमा देखापर्छ । खासगरी स्कुलका छात्रामा एकजना बिरामी भएमा अन्य पनि बिरामी पर्ने, बेहोस हुने हुन्छ, जुन सरुवा रोग भने होइन । 


Advertisment
Nabil box
Kumari

गाउँघरतिर अहिले पनि मानसिक रोग लागेमा पागल भयो, बाहिर खुला हिँड्न दिनुहुन्न वा अरूलाई थाहा दिएमा बेइज्जत हुन्छ, औषधि खान दिँदा बढी हुन्छ भन्नेजस्ता भ्रम व्याप्त छन् । शिक्षितवर्गमा पनि यस्तो मानसिकता पाइन्छ । 

Vianet communication

नेपालमा मानसिक रोगीको अवस्थाबारे हाल इन्टरनेसनल मेन्टल हेल्थ नामक सर्भेक्षण सुरु गरेको छ । योभन्दा अगाडि सरकारी स्तरबाट कुनै पनि सर्भेक्षण भएका छैनन् । तर, नेपालमा करिब २० देखि २५ प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान गरिन्छ । 

रोगका कारण
बहुआयामिक कारणबाट व्यक्तिमा मानसिक रोग हुने गर्छ । वंशाणुगत गुणबाट कतिपयमा मानसिक रोग देखा पर्छ । अर्थात्, बाबुु–बाजेमा मानसिक रोग देखापरेमा सन्तानमा पनि यसको असर देखापर्छ ।  

मानसिक असन्तुलन भएका व्यक्तिमा अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ

पारिवारिक वातावरण पनि मानसिक रोगको कारण हो । परिवारमा झैझगडा हुने, सदस्यहरू कलहका कारण छुट्टिने, तनाव भइरहने भएमा बच्चामा यसको नकारात्मक असर पर्छ । बिस्तारै उनीहरूमा विभिन्न किसिमको मानसिक रोग हुने सम्भावना उच्च रहन्छ । दुर्घटनाबाट पर्न गएको मानसिक असर, दीर्घरोगीमा मानसिक रोग बन्न सक्छ । धेरै सोच्ने, अनावश्यक तनाव लिने मानिसमा यसको असर देखिन्छ । रक्सीको अत्यधिक सेवन, सामाजिक, राजनीतिक परिवेशले समेत युवामा मानसिक असर गरिरहेको हुन्छ । 

लक्षण
डिप्रेसन

डिप्रेसनका बिरामीमा असामान्य व्यवहार गर्ने, झर्किने, दिक्क लाग्ने, नकारात्मक सोच बढी आउने, दिमागले राम्रोसँग काम गर्न नसकेको जस्तो लाग्ने, रुन मन लाग्ने, काममा मन नलाग्ने आदि लक्षण देखिन्छन् । डिप्रेसन बढ्दै गएमा आत्महत्या गर्ने सोचाइ आउने, आफ्नो ख्याल राख्न छाड्ने अर्थात् कुनै कुरामा ध्यान नदिने, एक्लै बस्ने हुन्छ । 

एन्जाइटी
एन्जाइटीका बिरामीमा डर लाग्ने, तर्सिने, विनाकारण झसंग हुने, जिउमा कम्पन हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ । त्यस्तै निद्रा नपर्ने, छटपटी हुने, कामको वेलामा विभिन्न खालको डर महसुस हुने हुन्छ । 

मानसिक असन्तुलन
मानसिक असन्तुलन कडा खालको मानसिक रोग हो । मानसिक असन्तुलन भएका व्यक्तिमा अत्यधिक रिसाउने, तोडफोड गर्ने,  अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ । रोगको वास्तविकता थाहा नहुने, कानमा कुनै किसिमको आवाज सुन्ने आदि कडा मानसिक रोगका लक्षण हुन् । रिदम न्युरोसाइकयाट्री अस्पताल तथा रिसर्च सेन्टरका मानसिकरोग विशेषज्ञ,  डा. रितेश थापाको यो लेख नयाँ पत्रिकाले छापेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x