काठमाडौं, २२ चैत्र– मुलुककै जेठो अस्पताल –वीर अस्पताल झन पछि झन बेथितीग्रस्त बन्दै गएको छ । आर्थिकरुपले विपन्न वर्गहरु कम खर्चमा उपचार सम्भव हुने आशा र सरकारी राम्रो डाक्टरहरु हुने कारण वीर अस्पतालमा विरामी भर्ना हुन आउँछन् । तर वीर अस्पतालमा उपचार गर्न आउने सर्वसाधारण नेपाली जनता भने अस्पतालको ढिलासुस्तीले हैरानीमा परेका छन् ।
गम्भीर विरामीले एमआरआई र सिटी स्क्यान जस्ता स्वास्थ्य जाँच गर्नको लागि वीरअस्पतालमा महिनादिन धाउनुपर्छ र बल्ल बल्ल पालो आउँछन् । स्वास्थ्य मन्त्रालयले वीर अस्पतालमा एकबर्ष अघि अत्याधुनिक एमआरआई जाँच गर्ने १ दशमलव ५ टेस्ट ल्याब भित्र्याएको थियो । तर यसले मात्रै पनि वीर अस्पतालको विरामीलाई धान्ने अवस्था थिएन । गम्भीर प्रकृतिका विरामीले एमआरआई र सिटी स्क्यान जाँच गर्ने गर्छन् । निजी अस्पतालमा उपचार गर्न नसक्ने सर्बसाधारण वीर लगायतका सरकारी अस्पताल धाउँछन् । प्राइभेटमा दुईतीन दिनमा हुने एमआरआई र सिटी स्क्यान गराउन वीर अस्पतालमा महिना दिन कुर्नुपर्छ ।
एमआरआई र सिटी स्क्यानका विरामीले जाँच गराउन पन्ध्र दिन अगाडि देखि नै अस्पतालमा नाम लेखाउनुपर्छ । सिटी स्क्यान गराउने पालो आयो भनेपनि रिपोर्ट लिन थप एकहप्ता समय लाग्छ ।
वीर अस्पतालमा एमआरआई र सिटी स्क्यान जाँच गराउन आउने विरामीले यस्तै पीडा भोग्न बाध्य छन् । महंगो शुल्कमा प्राइभेटमा उपचार गराउन नसकेर वीर अस्पताल आएका बिरामीहरु सरकारी अस्पतालका डाक्टरको लापरवाहीका कारण आफूहरुले सास्ती व्यहोर्नु परेको बताउछन् ।
वीरमा भइरहेको ढिलासुस्तीले विरामी स्वयमलाई थप जटिल बनाउने गरेको भुक्तभोगीहरु बताउँछन् । गम्भीर प्रकृतिका विरामीले एमआरआई र सिटी स्क्यान गरेपछिपनि अन्य जाँच गराउन थप एक हहिना लाग्ने गरेको उनीहरुको गुनासो छ । रिपोर्ट शाखामा सोमवार एमआरआईका लागि नाम लेखाउन आएका एक विरामीलाई १५ दिनपछि आउन समय दिइयो । वीर अस्पतालका कर्मचारी न्हुच्छे तजलीले दुईहप्ताका लागि बुकिङ भइसकेको बताए । ‘हरेक दिन एमआरआइका लागि पन्ध्र सोह्र जनाले नाम लेखाउँछन, अबको चौध दिनसम्मको लागी एमआरआई गर्नेको लागि बुकिङ भइसकेको छ’ उनले लोकान्तरसँग भने ।
विरामीको एमआरआई र सिटी स्क्यान जाँच पछि ४ दिनपछि बल्ल रिपोर्ट आइपुग्छ । त्यतिबेलासम्म विरामीले जस्तोसुकै अवस्थामा पनि रिपोर्ट कुरेरै बस्नुपर्ने बाध्यता रहन्छ ।
रेडियोलोजी विभागको सीआर र डीआर विभागका कार्यरत कर्मचारी भने रेडियोलोजीमा कार्यरत स्थायी डाक्टरहरुका कारण विरामीले यस्तो समस्या भोग्नुपरेको आरोप लगाउँछन् ।
नाम नबताउने शर्तमा सीआर डिपार्टमेन्टका एक कर्मचारीले लोकान्तरसँग भने ‘यहाँ कार्यरत सबै स्थायी डाक्टरहरुलाई निजी क्लिनिक धाउँदैमा फुर्सद छैन् । केही दुई तीन जना रेसिडेन्ट डाक्टरहरुको भरमा रेडियोलोजी विभाग चलिरहेको छ ।’ रेडियोलोजीमा कार्यरत डाक्टरहरुले नियमित रुपमा जाँच नगरिदिएका कारण विरामीहरुले लामो समयसम्म कुर्नुपरेको उनले बताए ।
सोमवार वीर अस्पतालमा एमआरआई गर्ने कोठामा तीन जना मात्रै चिकित्सक उपस्थित थिए । त्यहाँ तीन जना महिलाहरुले एक व्यक्तिलाई एमआरआई गरिरहेको भेटिए ।
चिकित्सा विज्ञान राष्ट्रि प्रतिष्ठान (वीर अस्पताल)का भीसि डा. गणेश गुरुङ रेडियोलोजी विभागका स्थायी डाक्टरहरु कार्यालय समयावधि भित्र अस्पतालमा नबस्ने प्रबृत्ति बारे जानकारी रहेछन् । ‘सिनियर डाक्टरहरु नै गैर जिम्मेवार भइँदिँदा विरामीलाई आवश्यक जाँच पु–याउन सकिएको छैन’ उनले लोकान्तरसँग भने ‘यसवारेमा कार्यरत डाक्टरहरलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि टेरेका छैनन्, हामी कडाइका साथ अनुगमन गछौं र अटेरलाई कार्वाही गछौं ।’
नेपाल सरकारका स्थायी चिकित्सकलाई आफूले पनि केही गर्न नसक्ने र आफ्नो कुरा नटेरे पनि कारवाही गर्न असमर्थ रहेको उनले बताए । ‘डाक्टर जस्तो पेशामा रहेका व्यक्तीले कामप्रति इमान्दार नदेखाउनु नै सरकारी अस्पतालको समस्या हो’ गुरुङले भने ।
वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा भने विभागका कर्मचारी गैर जिम्मेवार भएको आरोप सत्य नभएको बताउँछन् ।
वीर अस्पतालमा दिनको साठी सत्तरी जना रेडियोलोजी विभागमा एमआरआई, सिटी स्क्यान, भिडियो एक्स–रे आदिका लागि आउने हुँदा त्यहाँ कार्यरत चिकित्सकले नभ्याएको डा. शर्माको तर्क छ ।
‘भिडियो एक्स– रे का लागि आउने गरेका विरामीलाई हामीले फर्म भरेको दिन नै जाँच गरेर पठाउने गरेका छौ’ उनले भने । त्यहाँ कार्यरत स्थायी चिकित्सक अस्पतालमा काम नगरी निजी क्लिनिकतिर चहारेको आरोपको भने उनले खण्डन गरे । एकजनाको एमआरआई गर्न कम्तीमा पैतालीस मिनेट लाग्ने उनले बताए । त्यसैले विहान दशबजेबाटै जाँच गर्न शूरु गरेपनि दिनभरीमा पन्ध्र सोह्र जनाभन्दा बढी व्यक्तिलाई जाँच गर्न नभ्याउने विभाग प्रमुख डा. शर्माले बताए । सिभिल अस्पताल र टिचिङ अस्पतालबाट पनि एमआरआई गर्न विरामी जाँच गर्न यता रिफर गर्ने कारण पनि विरामीको चाप बढेको उनको भनाई छ ।
‘विरामीको विभिन्न प्रकारका स्क्यान गर्नुपर्ने कारण चिकित्सकहरु चौबीसै घण्टा रेडियोेलोजीमा ड्युटीमा रहेका हुन्छन्’ उनले लोकान्तरसँग भने । ‘रेसिडेन्ट डाक्टरहरु सहयोगीका रुपमा मात्रै कार्यरत रहन्छन, यहाँका डाक्टरहरु निजी क्लिनिकमा गएको कुरा सत्य होइन ।’वीर अस्पतालमा हाल एमआरआई जाँचको लागि १ दशमलव ५ टेस्ट ल्याब र १६ स्लाइस सिटी स्क्यान रहेको छ । काम गर्ने चिकित्सक थोरै र मेसिन कम हुने कारण यहाँ आउने सबै विरामीलाई छिटो जाँच गरेर रिपोर्ट दिन नसकिएको डा. शर्माले बताए ।
जाँच पछि पनि रिपोर्ट आउन किन ढिला भएको भनि प्रश्नमा डा. शर्माले चने ‘एउटा व्यक्तिको रिपोर्ट तयार गर्न कम्तीमा ४५ मिनेट लाग्ने हुन्छ र विहानदेखि बेलुकीसम्म रिपोर्ट तयार गर्ने काम गर्दा पनि दिनको पन्ध्र सोह्रजनाभन्दा बढीको रिपोर्ट तयार गर्न सकिँदैन ।’
ढिला सुस्तीको समस्या हटाउन छिटै विभागमा थप कम्प्युटर जडान गर्न लागिएको उनले बताए । कोहीलाई डाक्टर जाँच गराउन हतार भए पछि रिपोर्ट बुझाउने फिल्म मात्रै भएपनि दिएर पठाउने गरेको उनले बताए ।
वीर अस्पतालमा एमआरआई गर्न आएकी बाजुरा कुलडोमान्डोकी जला शाह एक महिनादेखि काठमाडौंमा बसिरहेकी छन् । सरकारी अस्पतालमा स्तरीय डाक्टर र कम खर्चमा उपचार हुने भएकोले वीर अस्पतालमा भर्ना भएको उनले बताइन ।
पिठ्युमा समस्या भएका कारण एमआरआई गर्न उनले फागुन २१ गते वीर अस्पतालमा ८ हजार रुपैयाँ बुझाएकी छिन् । अबको दुईहप्तापछि मात्र उनले पालो पाएकी छिन् । खोटाङ दिक्टेलकी फुपु मुगा राईलाई एमआरआई गराउन अस्पताल आएकी सीता राई दुई हप्ताको सकसपछि बल्ल बल्ल एमआरआई गर्न समय मिलेको सुनाउँछिन् । फुपुको खुट्टा नचल्ने समस्याका कारण उनले अस्पताल भर्ना गराएकी थिइन् ।
उनी पनि प्राइभेटमा महँगो हुने कारण सरकारी अस्पताल आएकी बताईन् । ‘यहाँ चेक गराउदा एक महिना लाग्ने रहेछ, सरकारी अस्पतालमा सुलभ हुन्छ भनेपनि धेरै दिन काठमाडौं बस्नु पर्दा खर्च उस्तै आउछ ।’ सरकारले वीर लगायत सरकारी अस्पतालमा हुने ढिलासुस्ती अन्त्य गर्न पटक पटक निर्देशन दिएपनि उपचार गर्न आउने विरामी भने सरकारी अस्पतालको ढिलासुस्तीका कारण दिक्क भएको बताउछन् ।
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...