विरोध भएपछि व्हाट्सएपमा कर लगाउने निर्णयबाट लेबनानको सरकार फिर्ता

काठमाडौँ – विरोध प्रदर्शन भएपछि लेबनान सरकारले व्हाट्सएपमा कर लगाउने आफ्नो निर्णय फिर्ता गरेको छ । आर्थिक मन्दीबाट गुज्रिरहेको लेबनानको सरकारले बिहीवार म्यासेजिङ एप्लिकेसन व्हाट्सएपमा कर लगाउने निर्णय गरेको थियो ।

व्हाट्सएप चलाउनेले प्रतिदिन २० सेन्ट अमेरिकी डलर अर्थात करीब नेपाली मुद्रामा २१ रुपैयाँ प्रतिदिन कर तिर्नुपर्ने सरकारको निर्णयलगत्तै जनता सडकमा उत्रेका थिए । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा सयौं घाइते भए ।


Advertisement

चरम आर्थिक संकटबाट मुक्ति पाउन सरकारले व्हाट्सएपमा कर लगाउने निर्णय गरेको थियो । लेबनान अहिले आर्थिक मन्दीको चपेटामा परेको छ । जनताले यसको दोष सरकारलाई दिइरहेका छन् । एजेन्सीको सहयोगमा

 

कमेन्ट गर्नुहोस्