अर्बपति एलन मस्कले आफ्नो फोन किन फेरिरहन्छन् ?

काठमाडौँ –  अर्बपति व्यापारी एलन मस्क आफ्नो स्मार्टफोन नियमित रूपमा फेरिरहन्छन् । अमेरिकी अदालतको दस्तावेजले यो कुराको खुलासा गरेको छ ।

बिजनेश इनसाइडरद्वारा गत १४ अक्टुबरमा प्रकाशित दस्तावेजमा भनिएको छ, ‘सुरक्षा कारणलाई देखाएर मस्क आफ्नो स्मार्टफोन नियमित रूपमा परिवर्तन गरिरहन्छन् । उनको पुरानो फोनबाट सबै डाटा मेटाएर सुरक्षित तरिकाबाट फोन नष्ट गरिन्छ ।’


Advertisement

मस्कबारेमा लेखिएको उक्त दस्तावेज ब्रिटिश डाइभर वार्नोन अनस्वर्थले मस्कविरुद्धमा दायर गरेको मुद्दाको अंश हो । मस्कको कम्पनी टेस्लाका सीईओले ट्वीटरमा वार्नोनलाई ‘पेडो गाय’ भन्दै अपमान गरेपछि उनले मस्कोविरुद्ध मुद्दा हालेका थिए ।

मस्कले सुरक्षाका कारण आफ्नो फोन नियमित रूपमा बदल्ने गरेको उनका वकिलले खुलासा गरेका छन् । एजेन्सीको सहयोगमा 

 

कमेन्ट गर्नुहोस्