×

NMB BANK
NIC ASIA

कर्णाली सरकारका मन्त्रीहरूले पूरा हेर्न पाएनन् 'छ माया छपक्कै'

कात्तिक ३, २०७६

NTC
Premier Steels

सुर्खेत- दीपक-दीपकाको फिल्म 'छ माया छपक्कै'ले राम्रो कलेक्शन गरेको छ । फिल्मले औसत समीक्षा पनि पायो । त्यसकारण हलमा अझै पनि दर्शकको चाप शुरूआती दिनमा जस्तै छ । 

Muktinath Bank

उता नेकपाका नेता मोहन बडुवाल समाजको यर्थात चित्रण गरिएको फिल्म भन्ने सुनेका कारण आफू फिल्म हेर्न आएको बताउँछन् । ‘समाजमा कसरी द्वन्द्व द्धन्द्ध हुन्छ भन्ने कुरा फिल्ममा कलात्मक रूपमा देखाइएको हल्ला सुनेर त्यसको अनुभव गर्न फिल्म हेर्न आएको हुँ ,' उनी भन्छन्, ‘द्वन्द्वको निवारण कसरी भएको भन्ने कुराको पनि कलात्मक रूपमा प्रस्तुति भएको र मनोरञ्जन पनि यथेष्ट हुने अपेक्षासहित आएको हुँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच शनिवार साँझ ६ बजेर ३२ मिनेटमा लक्ष्मी चलचित्र मन्दिरमा कर्णाली प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायालगायतको नेकपाका नेता कार्यकर्ताहरुको टोली हल भित्र प्रवेश गर्‍यो ।


Advertisment
Nabil box
Kumari

हलमा अघिल्लो शो चल्दै थियो । एक्कासी कर्णाली सरकारका मन्त्रीहरू नै सोझै फिल्म हल प्रवेश गरेको देखेपछि ६ बजेदेखि हल बाहिर बसेका दर्शक पनि भित्र पसे । तर हल सञ्चालकले भने पहिलेको सो नसकिएको आग्रह गर्दा उनीहरू फर्किए । तर हलमा फिल्म चल्न बन्द भएका कारण मन्त्री तथा साँझको सो का लागि टिकट काटेका दर्शकहरूको शनिवार फिल्मी मूड पूरा हुन पाएन । 

Vianet communication

फिल्म हेर्न आएका दर्शक तथा मन्त्रीहरुको चाहना शनिवार अधुरै रह्यो । सञ्चालकहरूको गम्भीर लापरवाहीका कारण दिउँसो साढे तीन बजेको सो मध्यान्तरपछि प्रोजेक्टर बिग्रेको भन्दै सो रोकियो । दर्शकहरू आक्रोशित भए । दर्शकले आफ्नो टिकटको पैसा फिर्ता माग्दा उल्टै हलका कर्मचारीहरू दर्शकलाई धम्क्याउन थाले । दोहोरो झडपको स्थिति उत्पन्न भयो ।

अन्त्यमा साढे ६ बजेको सो का लागि टिकट काटेका दर्शकलाई टिकटको रुपैंया फिर्ता दिएर घर पर्काइए पनि कसैसँग माफी माग्न हल सञ्चालकले चाहेनन् । 'शुक्रवार नै टिकट काटेको थिएँ । शनिवार फिल्म हेर्न आउँदा मध्यान्तरपछि बिग्रियो । हामीले हेर्न पाएनौं,’ दर्शक सरोज थापाले भने, ‘कि छिटो फिल्म सञ्चालन गर्नुपर्छ नभए हाम्रो पैसा फिर्ता दिनुस् भनेर भन्दा उल्टै हामीमाथि त्यहाँका कर्मचारीहरूले दादागिरी देखाए ।’ सुर्खेतमा एक मात्र फिल्म हल भएका कारण उनीहरूमा अहमता बढेको उनको आरोप छ ।

यति मात्रै होइन हलले थ्री डी भन्दै बाल्कोनीका लागि ३०० रुपैयाँ र तलका लागि दुई सय रुपैयाँमा टिकट बेच्दै आएको छ । ‘मनलाग्दी तरिकाले पैसा असुल गरिएको छ,’ अर्का दर्शक रविना शाक्य भन्छिन, ‘थ्री डी हल भन्ने तर टु डी बराबरको सुविधा नदिनेलाई कसैले कारवाही गर्न सक्दो रहेनछ । विरोध गरेको खण्डमा उल्टै कर्मचारीको हप्कीदप्की दर्शकले नै व्यहोर्नुपर्ने बाध्यता कहिले अन्त्य होला र खोइ ?’

यता हलका एचआर म्यानेजर महेन्द्र केसी भने गल्ती भएको स्वीकार्छन् । ‘हरेक सो केही समय ढिला शुरू भएको र बीचमा प्रोजेक्टरले धोका दिएका कारण पुरै फिल्म देखाउन सकिएन,’ उनले भने, ‘अब नयाँ प्रोजेक्टर खरीद गर्ने कुरा भएको छ । आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउन प्रतिबद्धता व्यक्त गर्दछौं ।’ 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x