६ घण्टाको बयानपछि महरालाई अदालत पुर्‍याइयो

काठमाडौं– संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

सरकारी वकिलको कार्यालय बबरमहलमा झण्डै ६ घण्टा लामो बयानपछि महरालाई आइतवार अपराह्न अदालत लगिएको हो


Advertisement

स्रोतका अनुसार बयानमा महराले आफू ती कर्मचारीको कोठामा पुगेको तर दुर्व्यवहार नगरेको बयान दिएका छन् ।


Advertisement

बिहान करीब ११ बजे जिल्ला सरकारी वकिलको कार्यालय लगिएका महरालाई साँझ ५ बजे जिल्ला अदालत काठमाडौं लगिएको हो ।

महरा गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।

अदालतले पहिलोपटक दिएको १३ दिनको म्याद शुक्रवार सकिएको थियो । त्यसैले प्रहरीसामु कि त अभियोग पत्र दर्ता गर्ने कि थप म्याद लिनुको विकल्प छैन ।

पक्राउ परेका महराले प्रहरीकै निगरानीमा नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । 

कमेन्ट गर्नुहोस्