×

NMB BANK
NIC ASIA

सिफारिस समितिका सदस्यकै बुहारी प्रदेश लोकसेवा आयोगको सदस्य !

कात्तिक ५, २०७६

NTC
Premier Steels

बुटवल – प्रदेश ५ मा हालै गठन भएको प्रदेश लोकसेवा आयोगमाथि गम्भीर प्रश्न उठेको छ ।

Muktinath Bank

स्वच्छ र निष्पक्ष संस्थाको रूपमा स्थापित लोकसेवा आयोगको गरिमा घटाउने गरी क्षमता र योग्यता नै नभएका तथा नेताका नातेदारलाई नियुक्ति गरिएपछि प्रश्नचिह्न खडा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश लोकसेवा आयोगको सदस्यमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले बुहारीलाई सदस्य बनाएपछि विवाद उत्पन्न भएको छ ।


Advertisment
Nabil box
Kumari

आयोगको सदस्य हुन योग्यता नपुगेको भन्दै अख्यितारमा उजुरी परेको थियो । विपक्षी दलका नेताले बुहारी राहेल पुन पोखरेललाई सदस्य बनाएको बनाएको खुलेको हो ।

Vianet communication

यही असोज ३० गते राहेलसहित बाबुराम गौतमलाई आयोगको सदस्यमा प्रदेश प्रमुख उकाकान्त झाले नियुक्त गरेका थिए ।

आयोगको सदस्य हुन विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्त्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको व्यक्ति हुनुपर्ने समेत संवैधानिक व्यवस्था छ । 

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । जसको सदस्यमा प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र विपक्षी दलका नेता पोखरेल सदस्य छन् ।

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा अर्घाखाँची सन्धीखर्क नगरपालिका–१० का डिलाराम भट्टराई नियुक्त भएका छन् । साउन दोस्रो साता सिफासिरमा परेका उनले पदभार ग्रहण गरिसकेका छन् ।

लोकसेवा गठन गर्ने मामलामा प्रदेश ५ अन्य प्रदेशभन्दा पहिलो भएको थियो । प्रदेश सरकार र प्रदेशसभाले खरिद गरेका सवारी साधानमा अनियमितता भएको भन्दै आफूले चढ्दै आएको गाडी फिर्ता गरेको नेता पोखरेलले बुहारीलाई आयोगको सदस्य बनाएपछि उनको आलोचना भएको छ । आयोगमा दलीय भागबण्डा गरिएको देखिन्छ । बाबुराम गौतम सभामुख पूर्णबहादुर घर्तीले नजिकको व्यक्ति रहेको बताइएको छ ।  

विपक्षी दलका नेता पोखरेलले सहमतिमै राहेललाई सदस्य सिफारिस गरिएको दाबी गरे ।

‘मुख्यमन्त्रीले एकजना महिलालाई ल्याउनुहोस् भन्नुभयो’ पोखरेलले भने, ‘त्यसो भए क्षमता र योग्यता पुगेको मेरो बुहारी छन् भनेर मुख्यमन्त्रीलाई सुनाएपछि सहमतिमै सदस्य बनाइएको हो,’ उनले थपे, ‘मेरी बुहारी पुन (जनजाति) पनि हुन् । समावेशी पनि हुन्छ भनेर सबै सहमतिका आधारमा सिफारिस गरिएको हो । मेरी बुहारी हुन भनेर भन्दा मुख्मन्त्रीले असहमति जनाएको भए म पछाडि हटथें । त्यो कुरा मुख्यमन्त्रीले भन्नुपथ्यो नि ?’

प्रदेश लोकसेवासम्बन्धी ऐनमा एकजना महिलासहित तीन सदस्यको व्यवस्था गरिएको छ । सिफारिस गरिएपनि राहेल र अर्का सदस्य गौतमको शपथ ग्रहण भएको छैन । 

सदस्य सिफारिस भएकी राहेलले लोकसेवामा पेश शैक्षिक योग्यता आफ्नो डकुमेन्ट फर्जी नभएको दाबी गरिन् । उनले लोकसेवाले मागेको शैक्षिक योग्यतामा आफ्नो डकुमेन्ट पुग्ने पनि बताइन् ।

२०५७ सालमा पशुपति मावि कोटिहवाबाट एसएलसी उत्तीर्ण, २०६० सालमा सोही विद्यालयबाट कक्षा ११/१२ उत्तीर्ण र स्नातक तथा स्नातकोत्तर तह समाजसास्त्र विषयमा सन् २०१६ मा उत्तीर्ण गरेको बताइन् ।

उनले अकस्मात सदस्यका लागि डाकुमेन्ट माग गर्दा केही डकुमेन्टहरू छुटफुट भएको भने हुनसक्ने जिकिर गरिन् ।

उनले थपिन्, ‘घरबाट बुवाले अर्कै व्यक्तिको डकुमेन्ट लगेर जानुभएको थियो । तर, महिला चाहिने भएपछि मेरो डकुमेन्ट माग भयो । हतारमा पठाउँदा केही छुटेका हुन सक्छन् । हामीलाई विवादमा पार्न यो कुरा ल्याइएको हो ।’

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले आफूलाई उक्त विषयमा कुनै जानकारी नभएको बताए । ‘तपाईंले भनेर यो कुरा सुन्दैछु । आयोगका लागि योग्यता पुगेको नेपाली नागरिक छ भने सदस्य बन्नसक्छ,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x