×

NMB BANK
NIC ASIA

दर्दनाक अपराध गरेको १९ वर्षपछि अमेरिकाबाट झिकाइए बलात्कारपछि हत्या मुद्दाका दोषी

कात्तिक ६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं – बलात्कारपछि हत्या गरेको अभियोगका दोषीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।

Muktinath Bank

झापाको तत्कालीन चन्द्रगढी–३ का लिलाराज गौतमलाई प्रहरीले अमेरिकाबाट झिकाएर बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘१९ वर्षअघि हत्या गरी फरार रहेका गौतमलाई प्रहरीले इन्टरपोलमार्फत पक्राउ गर्न पत्राचार गरेको थियो,’ डीआईजी पोखरेलले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

के थियो घटना ?

Vianet communication
Laxmi Bank

विक्रम संवत् २०५७ असोज २९ गते राति हत्यारा लिलाराज गौतम, मनोज खड्का र सिताराम बस्नेतले झापाको चन्द्रगढी–३ बस्ने सन्ध्या राजवंशीलाई बलात्कार गरी घाँटी थिचेर हत्यापछि नजिकैको चारआली जंगलको रुखमा झुण्ड्याएका थिए ।

घटनाको अर्को दिन २०५७ असोज ३० गते राजवंशीका बुवा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा घटनाबारे जोहरी दिएका थिए ।

हत्यारा गौतमलाई जिल्ला अदातलत झापाले विक्रम संवत् २०५८ कात्तिक २१ गते सफाइको फैसला सुनाएको थियो । २०५८ चैत २८ गते जिल्ला अदातलको फैसला उपर नेपाल सरकारले पुनरावेदन अदालत इलाममा पुनरावेदन परेको थियो । पुनरावेदनले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

फैसला चित्त नबुझी सर्वाेच्च अदालतमा मुद्दा परेपछि २०६६ भदौ २९ गते आरोपी लिलाराज गौतम समेतलाई सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।

इन्टरपोलमार्फत यसरी झिकाइए

फरार रहेका दोषी लिलाराज गौतमबारे विक्रम संवत् २०६४ असोज २६ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट इन्टरपोलमा पत्राचार भएपछि उनका नाममा २०७४ मंसिर १२ गते ‘रेड नोटिस’ जारी भएको थियो ।

नोटिस जारी भएपछि सन् २०१८ जनवरी ५ तारिखमा उनी अमेरिकाको वासिङ्गटनमा देखिएको सूचना इन्टरपोलमा आएको थियो । २०१८ फेब्रुअरी १३ मा अमेरिकाको प्रहरीले उनलाई पक्राउ गरेर ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’को हिरासतमा राखेको थियो ।

गौतमलाई अमेरिकाको प्रहरीले नेपाल प्रहरीको आग्रहमा यूएस अध्यागमन जज्ले सन् २०१८ सेप्टेम्बर ५ मा गौतमलाई नेपाल पठाउने निर्णय गरेपछि उनलाई नेपालस्थित अमेरिकी दूतावासको समन्वयमा नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x