कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सुर्खेत - कर्णाली प्रदेशमा बालबालिका हराउन थालेका छन् । बितेका तीन वर्षमा सबैभन्दा बढी सुर्खेतबाट ३ सय ३२ जना र सबैभन्दा कम डोल्पाबाट २१ जना बालबालिका हराएका छन् ।
विगत तीन वर्षमा हराएका बालबालिकामध्ये २७ दशमलव २३ बालबालिका कहाँ गए थाहा हुन सकेको छैन् अर्थात ती बालबालिका फेला पर्न सकेका छैनन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा १ सय ५८ बालक तथा १ सय २९ बालिका गरी २ सय ८७ बालबालिका हराएका थिए । तीमध्ये ५१ बालक र ३६ बालिका गरि ८७ जना फेला पर्न सकेनन् । आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ३ सय २३ जना बालबालिका हराए ।
तीमध्ये १ सय ८० बालक तथा १ सय ४३ बालिका हराएका थिए । ५५ बालक तथा ४९ बालिका गरी १ सय ४ जना बालबालिका फेला परेनन् ।
आर्थिक वर्ष २०७५/०७६ मा हराउने बालबालिकाको जम्मा संख्या ३७४ थियो । ती मध्ये १७३ बालक तथा २०१ बालिका थिए । उक्त वर्ष ७७ जना बालक तथा बालिका फेला परेनन् । ४३ बालक तथा ३४ बालिकाको अत्तोपत्तो नलागेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कुन जिल्लाबाट कति हराए ?
सबैभन्दा बढी सुर्खेत जिल्लाबाट हराएका छन् । आर्थिक वर्ष २०७३/०७४मा ८९ जना, आर्थिक वर्ष २०७४/०७५ मा १२१ जना बालबालिका हराएका थिए भने आर्थिक वर्ष २०७५/०७६ मा १३२ जना हराए । रुकुम पश्चिममा तीन वर्षमा १०५ जना हराए भने दैलेखमा सोही अवधिमा ११६ जना हराए ।
जाजरकोटबाट १०५ जना हराएका छन् भने सल्यानबाट ६४ जना हराएको तथ्यांक प्रहरीसँग छ । ८० जना बालबालिका जुम्लाबाट तीन वर्षमा हराएका छन् भने कालिकोटबाट ७५ जना, हुम्लाबाट २६ जना, मुगुबाट २९ जना र डोल्पाबाट २१ जना तीन वर्षमा हराए ।
प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेतका डिआइजी पूर्णचन्द्र जोशीले अभिभावकलाई जानकारी नै नदिएर घरबाट भाग्ने गरेका कारण कर्णालीमा यस्तो समस्या सिर्जना भएको बताए ।
‘कतिपय बालबालिका रोजगारीका लागि अन्यत्र जाँदा खबर नै गर्दैनन् । जसका कारण बालबालिकाका हराउने क्रममा बृद्धि भएको हो,’ डिआइजी जोशीले भने, ‘बालविवाह, भागी विवाह पनि बालबालिका हराउने प्रमुख कारण हो ।’
उनले कर्णालीमा हराएका अधिकांश बालबालिका रोजगारी खोज्न बाहिर जाने, विवाह गरेर अन्तै जाने गरेका कारण फेला नपरेको बताए ।
‘पछिल्लो समयमा बालबालिका हराउने कारणमा सामाजिक सञ्जाल तथा मोबाइल प्रमुख कारणको रुपमा आएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालका कारण माया प्रेम गाँस्ने र त्यहि कारण उनीहरु अभिभावकलाई जानकारी नदिई विवाह गर्ने गर्दै आइरहेका छन् । यसले गर्दा अभिभावक हराएको निवेदन ल्याउँछन तर पछि पत्ता लागेको कुरा प्रहरीलाई जानकारी दिदैंनन् ।’
उनले भने, ‘जसले गर्दा प्रहरीको रेकर्डमा हराएको भन्ने कुरा नै उल्लेख गर्नुपर्ने बाध्यता छ ।’ उनले कर्णालीका बालबालिका हराउनुको कारण बेचविखन नभएको बताए ।
‘अहिले कर्णालीका बालबालिका बेचबिखनमा पर्ने गरेका छैनन् । अब बरु स्थानीय तहमा, गाउँ टोलमा जनचेतनामूलक कार्यक्रम तथा रोजगारमूलक कार्यक्रम लागु गर्नु पर्छ । त्यसो गर्न सके बालबालिका हराउने काममा न्यूनिकरण आउने हाम्रो धारणा छ,’ उनले भने, उनले अन्यको देखोसिकी पनि बालबालिका हराउने कारक बनेको बताए ।
‘अर्कोले राम्रो लगाएको, राम्रो खाएको देखेर पनि त्यस्तै जीवनशैली अपनाउने रहरमा बालबालिका सुर्खेत, नेपालगञ्ज, काठमाडौंमा काम गर्न जाने गरेको हामीले पाएका छौं,’ उनले भने, ‘यसका लागि अभिभावकले आफ्ना बालबालिकाको निगरानी गर्ने गरेको खण्डमा बालबालिका हराउने क्रम रोकिन्छ ।’
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...