×

NMB BANK
NIC ASIA

महाकवि देवकोटा संग्रहालय बनाउन कविकुञ्ज प्राप्तिमै लाग्यो १ वर्ष

कात्तिक ८, २०७६

NTC
Premier Steels

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’लाई संग्रहालय बनाउन घोषणा भएको १ वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुंगिएको छ ।

Muktinath Bank

संग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले यसबीचमा देवकोटाको परिवारसँग उक्त जग्गा प्राप्तिका लागि विभिन्न चरणमा छलफल गरेर मुआब्जा रकम निर्धारण गरी निकासाका लागि नेपाल सरकारसँग ताकेता गरेको छ भने अन्य प्रक्रियागत झमेला मिलाएको छ । मुआब्जा वितरणपछि धोबीधारास्थित १२ आनामा निर्मित कविकुञ्जको हक प्रतिष्ठानको नाममा हस्तान्तरण हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुआब्जा वितरणपछि संग्रहालय निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्ने र बजेट तर्जुमाको प्रक्रिया शुरू हुनेछ । सम्पत्तिलाई देवकोटा परिवार र गुठी संस्थानको परामर्शमा ५ करोड रुपैयाँ मूल्य निर्धारण गरी देवकोटा परिवारलाई २ करोड ५० लाख रुपैयाँ दिने गरी समझदारी भएको प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए । जग्गा गुठीको नाममा रहेकाले गुठी संस्थानले भने यसबारे अझै सबै टुंगो लगाइ नसकेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीसम्बन्धी कार्यक्रममा संग्रहालय बनाउने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको देवकोटाको जन्मघर खरीद गरी ‘रेक्ट्रोफिटिङ’ गरेर देवकोटा कसरी पलेंटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउने गरी संग्रहालय बनाउने योजना सुनाएका थिए ।

Vianet communication

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले संग्रहालय निर्माणका लागि मुआब्जा र अन्य विषयबारेको प्रस्ताव अर्थ मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद्मा पठाइने प्रक्रिया शुरू भएको जानकारी दिए । उनले यसबारे थप जिम्मेवारी प्रज्ञा प्रतिष्ठानलाई दिइएको बताए ।

कविकुञ्ज महाकवि देवकोटाका साइली छोरीको नाममा रहेकामा हाल देवकोटाका २ छोराहरूको नाममा हस्तान्तरण गरिएको र सरकारबाट मुआब्जा रकम प्राप्त भएपछि रकम दिएर कविकुञ्ज प्रतिष्ठानको नाममा हस्तान्तरणको प्रक्रिया शुरू हुने कुलपति उप्रेतीले बताए । देवकोटाका दुवै छोराहरू हाल विदेशमा रहेकाले देवकोटाका माइली छोरीसँग प्रतिष्ठानले समन्वय गरिरहेको छ । कुलपति उप्रेतीले प्रतिष्ठानका कमलादीस्थित परिसरमा अर्काे संग्रहालय भवन विस्तृत परियोजना प्रस्ताव बनाइसकिएको पनि बताए ।

गुठी संस्थानका प्रशासक नारायण चौधरीले विद्यमान कानूनअनुसार निर्धारण गरिएको मूल्यको ६६ प्रतिशत मुआब्जा रकम आफूहरूलाई चाहिने दाबी गरे । कूल मूल्यको ३३ प्रतिशत रकम भोगचलन गर्नेले पाउँछ । उनले यसबारेमा सरकारले निर्णय गरेपछि हक हस्तान्तरण सहज हुने बताए ।

प्रज्ञा प्रतिष्ठानले भने देवकोटा विलक्षण प्रतिभावान व्यक्ति भएकाले उनको परिवारलाई कूल मूूल्यको ५० प्रतिशत रकम निकासा गराउन पहल गरेको छ । गुठी संस्थान ऐन २०३३ को दफा ४२ (क) मा ‘गुठीमा रहेको जग्गमा बेचबिखन हुँदैन । सरकारले सामाजिक कल्याण वा सामुदायिक हितको लागि उपलब्ध गराउन व्यावहारिकता हेरी सहुलितय मूल्यमा लिन सक्ने’ उल्लेख छ ।

महाकवि देवकोटाका ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’, ‘पुथ्वीराज चौहान’, ‘प्रमिथस’, ‘महाराणाप्रताप’, ‘वनकुसुम’ महाकाव्य, ‘मुनामदन’, ‘कुञ्जिनी’, राजकुमार प्रभाकर’ लगायत खण्डकाव्य, लक्ष्मी कथा र निबन्ध संग्रह लगायत दर्जनौं लोकप्रिय कृति छन् । नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाका परिकल्पनाकार समेत रहेका महाकवि देवकोटा पूर्व शिक्षामन्त्रीसमेत थिए । उनको जन्म विक्रम संवत् १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन र निधन विक्रम संवत् २०१६ भदौ २९ गते भएको थियो । – प्रकाश सिलवाल/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x