जुवाको ‘भीआईपी’ अड्डामा प्रहरी छापा, हालसम्मकै बढी २ करोड ६७ लाख रकम बरामद [नामावलीसहित]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं – प्रहरीले आइतवार बिहान २ बजे काठमाडौंको जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज पिपलमार्गस्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ करोड ६७ लाख रुपैयाँसहित २५ जनालाई पक्राउ गरेको हो ।


Advertisement

‘यस्ता प्रकृतिका जुवा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो तर यतिधेरै रकम भने पहिलो पटक बरामद गरिएको महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।

‘तिहारको समयमा काठमाडौं हुने जुवातासलाई नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छौं,’ सुवेदीले भने । क्यासिनो किङका रुपमा चिनिँदै आएका विक्रम गौतमले २४ जनालाई घरकोठामा राखेर मिनि क्यासिनो बनाई जुवा खेलाइरहेको अवस्थामा २ करोड ६७ लाख, बैंक अफ काठमाडौंका लाखको चेक थान १, ३२ थान कौडा र ४ बुक ताससहित २५ जना जुवाडेलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने प्रमुख एसएसपी सुवेदीले बताए ।

पक्राउ पर्नेको सूची

– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो सञ्चालक घरधनी)
– जिल्ला दोलखा भिमेश्वर नगरपालिका–५ बस्ने रामकृष्ण केसी ।
– दोलखा जिल्ला भिमेश्वर नगरपालिका–५ बस्ने ईन्द्र श्रेष्ठ ।
– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।
– काठमाडौं महानगरपालिका–३५ बस्ने श्यामप्रसाद पराजुली ।

– काठमाण्डौ महानगरपालिका–२६ बस्ने अशोक श्रेष्ठ ।
– काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–११ बस्ने सिताराम खड्का ।
– जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–११ बस्ने रोशन तामाङ्ग ।
– काठमाडौं महानगरपालिका–२९ बस्ने राम तामाङ्ग ।
– काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–६ बस्ने कृष्ण भण्डारी ।

– काठमाडौं महानगरपालिका–६ बस्ने सुमन अग्रवाल ।
– ओखलढुंगाको पाप्ले–३ घर भई बस्ने सुमन गुरुङ्ग ।
– जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका–३ घर भई बस्ने सोवित शिलवाल ।
– जिल्ला ललितपुर पुल्चोक नगरपालिका–२० बस्ने सोहेल कार्की ।
– काठमाडौं महानगरपालिका–९ बस्ने पवन अग्रवाल ।

– रामेछापको बागमती भण्डारी नगरपालिका–३ बस्ने पवित्रकुमार कार्की ।
– काभ्रेपलाञ्चोकको बाल्टिङ गाउँपालिका–४ बस्ने बलराम सापकोटा ।
– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ बस्ने धावा लामा ।
– काठमाडौं महानगरपालिका–१५ बस्ने मुक्ती लामा ।

– जिल्ला बारा निजगढ नगरपालिका–९ बस्ने शम्भु बुढाथोकी ।
– ललितपुरको ठेचो नगरपालिका–९ गोदावरी बस्ने प्रेम थापा मगर ।
– काठमाडौं महानगरपालिका–२ भाङ्गी बस्ने बुद्ध लामा ।

– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ बस्ने शम्भु शेर्पा ।
– काभ्रेपलाञ्चोकको तिमाङ गाउँपालिका–६ बस्ने नवाङ्ग लामा ।
– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ का प्रदीप बोगटी ।

कमेन्ट गर्नुहोस्