पुस २१, २०८०
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ परेका स्थानीयवासी श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो ।
मृतकका आफन्तले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफनो छोरा हराएको दिएको निवेदन र निवेदकसँग घटनाको विषयमा विस्तृत जानकारीको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका–५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
घटनामा संलग्न रहेको भनि निवेदकद्वारा नाम खुलाइएका व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका–५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको थियो ।
श्रीलाल सरदारले बताएअनुसार कात्तिक ५ गते पुनः त्रियुगा नदीको आसपासका ठाउँमा खोजतलास गरेको तर फेला नपरेको र तत्पश्चात भोलिपल्ट सरदारको छोरा विजय सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनको छोरा विजयले गाडिएको भनि बयान दिँदा निजले बताए बमोजिम उक्त स्थानमा खोजतलास गर्दा अजयकुमार मुखियाको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्रियुगा नदीको किनारमा झिङ्गा लागि रहेको ठाउँमा शङ्का मानी खाल्टो खनेर हेर्दा अजयकुमार मुखिया र रमेश सरदारको ज्याकेटलगायत रौं र रगत जस्तो देखिने रातो पदार्थ फेला पारिएको र उक्त बरामद गरिएको समानलाई परीक्षणको लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक प्रसार्इंले बताए ।
कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । उक्त घटनामा संलग्न श्रीलाल सरदार र उनको छोरालाई नियन्त्रमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
मृतक अजयकुमार मुखियासहित स्थानीयवासी श्रीलाल सरदारसहित सातजना गाउँका व्यक्ति जङ्गलको बँदेल मार्ने योजना बनाइ शिकार गर्न गएका थिए । सो क्रममा बँदेललाई धान खेतमा करेन्ट लगाएर मार्ने क्रममा अजयको बिजुलीको पासोमा करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान छ ।
उनीसँगै गएको बाँकी सबै जना मिलेर मृतकलाई बेपता पारी गाडिएको अशङ्काको आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो घटनमा फरार अन्य व्यक्तिको पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...