×

NMB BANK
NIC ASIA

दलितभित्रै जातीय विभेद : कामीले गर्छन् सार्कीलाई छुवाछूत !

कात्तिक १४, २०७६

NTC
Premier Steels

सुर्खेत – जिल्लाको बराहताल गाउँपालिका–४ निवासी सन्त सार्कीले दलितभित्रकै कामी समुदायले आफूलाई जातीय विभेद गरेको अनुभूति गर्छन् ।

Muktinath Bank

कामीले घरभित्र लैजान नसकेको र पानी छुन नदिएको बताउँछन् उनी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबै जातजाति समान हुनुपर्नेमा आफ्नै समुदायबाट भेदभाव किन हुन्छ ?’ उनले प्रश्न गरे । सुर्खेतमा सार्कीले कामीसँग बिहेवारी गर्न सक्ने अवस्था समेत नरहेको उनी बताउँछन् । 


Advertisment
Nabil box
Kumari

चौकुने गाउँपालिका धामीसैनका टेक मिजार दलितभित्रै विभेद र छुवाछूतको अवस्था रहेको बताउँछन् । ‘हामी कोही ३ दिने त कोही १३ दिने किरीया गर्दै आएका छौं । ३ दिनेको छोरीसँग १३ दिनेले बिहे गर्दैनन्,’ उनले भने, ‘३ दिने हामीभन्दा तल्लो जात भनिँदै आएको छ ।’

Vianet communication

अन्य जाति समुदायसँग लडेर जानु राम्रो भएपनि सबैभन्दा पहिले दलित समुदायबीचको जातीय खाडल तोड्नुपर्ने उनले बताए । ‘जबसम्म हामी एक हुन सक्दैनौं, हामी दलितबीच भेदभाव कायम रहिरहन्छ, तबसम्म अन्य समुदायसँग लड्नु बेकार छ,’ उनले भने । सुर्खेतमा दलित समुदायका कामी, टमटा, लोहार, दमाई, सार्की, वादी जातिको बसोबास छ । 

सबैभन्दा पहिले दलित समुदायभित्रै एकता हुन जरुरी रहेको चौकुने–६ का जगत टमटाले बताए । ‘हामीले चाहेर पनि आफ्नै समुदाय भित्रबाट विवाह गर्न सकेका छैनौं,’ उनले भने, ‘अब यसका लागि हामीले नै अघि बढ्नुपर्छ र जबसम्म दलित समुदाय एक भएर अघि बढ्न सक्दैन, तबसम्म छुवाछूत समस्या हल हुँदैन ।’

पछिल्लो समय युवा पुस्तामा छुवाछूतको भेदभाव कम हुँदै गएको उनले बताए । ‘विगतमा भन्दा अहिले छुवाछूत कम भएको छ,’ उनी भन्छन्, ‘निर्मुल चाहिँ भइसकेको छैन ।’

कानून व्यवसायी दूर्गा सापकोटा राज्यले कडा कानून बनाएपनि पालना गर्नेले नगरेका कारण छुवाछूत प्रथा समाजमा रहिरहेको बताउँछन् । ‘कम्तिमा आफ्नै समुदायबाट छुवाछूत तथा भेदभाव हटाउनुपर्ने थियो । दलित समुदाय सबै एक भएर अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था आएको छ,’ उनी भन्छन्, ‘हामीमा अरुलाई कानून पालना गरेन भन्ने कुरा सजिलो लाग्छ तर आफूले पालना नगरेपनि हुन्छ भन्ने भावना हाबी भइरहेको छ ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले छुवाछूत गर्नेविरुद्ध कडा कारवाही गरिने बताए । ‘मानव–मानवबीच हुने विभेद कानूनले स्वीकार्दैन,’ उनले भने, ‘हामी कानूनलाई कडाइका साथ लागू गर्छौं र यस्ता कुप्रथालाई न्यूनीकरण गर्दै लैजान्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x