×

NMB BANK
NIC ASIA

भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छूट

कात्तिक १५, २०७६

NTC
फाइल फोटो
Premier Steels

काभ्रेपलाञ्चोक – आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् ।

Muktinath Bank

होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले भ्रमण वर्षभर बाह्य तथा आन्तरिक पर्यटकलाई खान र बस्नका लागि २० प्रतिशत छूट दिने निर्णय गरेका छौं,’ होसानका अध्यक्ष केशवप्रसाद बडालले भने ।


Advertisment
Nabil box
Kumari

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित पातलेखेत होमस्टेका सञ्चालनसमेत रहनुभएका बडालले विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाट नेपालमा भ्रमण वर्ष मनाउन तथा नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य पुग्नका लागि पर्यटक पठाउन अनुरोधसमेत गरिएको बताए । होसानका अनुसार हाल देशका ५७ जिल्लामा घरवास सञ्चालनमा छन् ।

Vianet communication

होसानले घरवासमा आउने पर्यटकका लागि उपलब्ध भएसम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिने कार्यक्रम तय गरेको छ । ‘हामी भ्रमण वर्षमा मात्रै होइन, अरु वर्षहरुमा पनि पर्यटक आउने गरी सेवा दिन चाहन्छौं, हामी पर्यटक भित्र्याउने महत्त्वपूर्ण संस्थाका रुपमा परिचित हुन चाहिरहेका छौं,’ होसानका अध्यक्ष बडालले भने । 

पर्यटकलाई आकर्षित गर्न स्थानीय कृषि उपजलाई नै होमस्ेटमा प्रयोग गरिने छ । बडालले भने, ‘यसबाट स्थानीय वासिन्दा स्थानीय उत्पादनमा आकर्षण हुनुका साथै जैविक उत्पादनले बजार पाउँछ ।’ सकेसम्म रैथाने बालीलाई घरवासमा प्रयोग गरी ठूला होटल, रेस्टुराँभन्दा फरक परिकार दिने अभियानमा घरवास पर्यटन व्यवसायीहरू रहेको उनले बताए । पछिल्लो समय कर्णाली प्रदेशमा घरवास पर्यटन प्रवद्र्धनमा आफूहरू लागिरहेको बडालले बताए ।

व्यवस्थित एवं स्वस्थकर परिकारको सेवा दिलाउन देशभरका निजी तथा सामुदायिक घरवास पर्यटनको अनुगमन गरिने भएको छ । केहीले स्वीकृति पाएभन्दा बढी कोठा राख्ने, पाहुनालाई अव्यवस्थितरूपमा राख्ने र घरवास पर्यटनको स्वीकृति लिई सोही आवरणमा होटल चलाउने पाइएकाले भ्रमण वर्ष लक्षित गर्दै अनुगमन गर्न आवश्यक रहेको अध्यक्ष बडालले बताए । ‘होमस्टेको अनुगमनपछि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश पनि गर्नेर्छौं, यसबाट देशभरको घरवास पर्यटन अभियान प्रभावकारी बन्नेछ,’ उनले भने ।

सरकारले जारी गरेको होमस्टे सञ्चालन कार्य्विधि–२०७३ अनुसार तत्कालै अनुगमन थालिने योजना होसानले बनाएको छ । सरकारले दिएको कर छूट पाउनकै लागि होटललगायत पर्यटन व्यवसायीले अवैध रुपमा घरवास पर्यटन सञ्चालनमा ल्याएको गुनासो होसानमा आएको बताइन्छ । ‘नियमित अनुगमन नहुँदा फाइदा उठाइरहेका छन्, अनुगमनपछि कार्यविधिले तोकेअनुसारको मापदण्ड पुगेका होमस्टे मात्रै सञ्चालनमा आउनेछन्,’ अध्यक्ष बडालले भने ।

ग्रामीण भेगका बासिन्दाको स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पूर्वाधारको दिगो विकास गर्न नेपालमा विक्रम संवत् २०६७ देखि घरवास पर्यटन शुरू गरिएको हो । – राजकुमार पराजुली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x