×

NMB BANK
NIC ASIA

को दोषी र को निर्दोष हो भन्ने अधिकार प्रधानमन्त्रीलाई छैन – डा. शेखर कोइराला

कात्तिक १५, २०७६

NTC
Premier Steels

बुटवल- नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको बताएका छन ।

Muktinath Bank

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश नं ५ ले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले  गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो वर्तमान सरकारबाटै रहेको र सरकारकै कारण मुलुक अतिराष्ट्रवाद र उग्रराष्ट्रवादमा  परेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान प्राप्तिको यात्रामा नेपाली कांग्रेस विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले वाइडबडी प्रकरणमा प्रधानमन्त्री ओलीले तत्कालीन पर्यटनमन्त्री निर्दोष रहेको भनी दिएको अभिव्यक्ति स्मरण गर्दै भने, ‘त्यतिबेलाका पर्यटनमन्त्री अधिकारी निर्दोष हुन् भने दोषीको हो ? प्रधानमन्त्रीले भन्नु पर्‍यो नि !’


Advertisment
Nabil box
Kumari

कुन कसुरमा को दोषी र को निर्दोष हो भन्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै उनले प्रधानमन्त्री ओली आफै अख्तियारको प्रमुख र प्रधानन्यायाधीश बन्न खोजेको आरोप लगाए । 

Vianet communication

नेता कोइरालाले न्यायालय, अख्तियार र मानवअधिकार आयोगमा समेत सरकारको छायाँ परेको र त्यो लोकतान्त्रिक पद्दतिका लागि नै खतरापूर्ण रहेको टिप्पणी गरे ।

पार्टीको प्रसंगमा नेता कोइरालाले कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने पनि बताए । पार्टीका भातृ संगठनहरुका तदर्थ समितिहरु गठन गर्न लागिएकोतर्फ संकेत गर्दै उनले पार्टी तदर्थवादबाट चल्न नसक्ने बताएका हुन् ।

पार्टीमा कोही नेता कार्यकर्ताहरुलाई अन्याय भएको छ भने अब त्यसो हुन नदिने दृढता व्यक्त गरे । आगामी तीन वर्षमा आमनिर्वाचन हुने भएकाले त्यसका लागि अहिलेदेखि नै  स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिए ।

विचारको राजनीतिमा गुट उपगुट हुन सक्ने भन्दै उनले पदको बाँडफाँडका लागि गरिने गुट उपगुट स्वीकार्य नहुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले सन् १९५० को सन्धीको प्रावधानमा टेकेर आफ्नो लगानीमा भारतमा विद्यालय सञ्चालन गरेको र  विद्यालयको अध्यक्ष भएकै भरमा आफुलाई भारतीय नागरिक भएको भनी झुटो प्रचार गरिएको बताए । उनले आफुमाथि लगाइएको अभियोग प्रमाणित गरेर देखाउन चुनौती समेत दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x