×

NMB BANK
NIC ASIA

बुटवलको वस्तुगत विवरण संकलन गर्न घर–घरमा खटिए सर्वेक्षक

कात्तिक २०, २०७६

NTC
Premier Steels

बुटवल - बुटवल उप–महानगरपालिकाले नगरको पछिल्लो वस्तुगत अवस्थाको लगत संकलन सुरु गरेको छ । प्रदेशको अस्थायी मुकाम भएको, तीव्र बसाइसराइले भरिएपछिको बुटवलको वास्तविक अवस्थालाई तथ्यांकमा उतार्न सबै वडामा विशेष सर्वेक्षकहरु खटिएका छन् ।

Muktinath Bank

बुटवलका १९ वटै वडामा रहेका घरधुरी, परिवार, व्यवसायिक संघसंस्था, प्रतिष्ठान, विद्यालय, मठ–मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च तथा सार्वजनिक जग्गाको वस्तुगत अवस्थालाई सबै विवरणसहित अद्यावधिक गरिने छ । त्यसरी संकलन गरिएका तथ्यांकलाई मोबाइल एप्लिकेशन तथा अनलाइन सिस्टममा राखिने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘वस्तुस्थिति विवरण तयारी कार्यविधि–२०७५’ अनुसारको पालिकाहरुलाई तय गरिएको ढाँचामा तथ्यांक संकलन गर्न लागिएको बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

संविधानको अनुसूची ८ को स्थानीय तहको अधिकारको सूचिको क्रमसंख्या ६ मा स्थानीय तथ्यांक तथा अभिलेख संकलन सम्बन्धी अधिकारलाई सुचिकृत गरेको र सोही आधारमा गाउँ र नगर वस्तुस्थिति विवरण तयारी कार्यविधि, २०७५ बमोजिम बुटवलको वस्तुगत विवरण संकलनका काम अगाडि बढाइएको प्रमुख सुवेदीको भनाइ छ ।

Vianet communication

बुटवलले आवधिक र १५ वर्षे दीर्घकालीन, वार्षिक एवं रणनीतिक योजना तर्जुमा गरेको छ । ती योजनाहरुलाई प्रभावकारी बनाउन र सफल पार्नका लागि पनि नगरको पछिल्लो अवस्थालाई अद्यावधिक गर्न आवश्यक रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

सर्वेक्षणका लागि १९ वटै वडामा एक सय २० जना सर्वेक्षक र १९ जना सुपरभाइजरलाई विशेष तालिम दिएर खटाइएको छ । उनीहरुले नगरका घरधुरीका साथै भाडामा बस्नेहरुकोसमेत विवरण संकलन गर्नेछन् । नदी, तालतलैया, पोखरी, वन जंगल, खुला चउर, सार्वजनिक क्षेत्र, कृषियोग्य क्षेत्र तथा बस्तीलगायतको विवरण अद्यावधिक गरिने छ ।

हाल बुटवलका करिब ६० हजार घरधुरी र दुई लाख जनशंख्या रहेको अनुमान गरिएको छ । उपमहानगरले यहाँका ४० हजार घरधुरीमा डिजिटल नम्बरिङका काम यसअघि नै गरिसकेको छ । पछिल्लो एक वर्षमा बनेका नयाँ घर तथा बसाई सराई गरी आएका परिवारसमेतलाई अब अद्यावधिक गरिने छ ।

त्यतिमात्रै होइन नगरबासीले कहाँ के–के काम गर्दै आएका छन्, के–कस्तो पेशा–व्यवसायमा आवद्ध रहेका छन् र भाडामा बस्नेहरुले के कस्ता पेशा–व्यवसायहरु गर्दैआएका छन् ती विवरणलाईसमेत अद्यावधिक गरिने छ । सर्वेक्षणको कामलाई एक महिनामा सक्नेगरी सर्वेक्षकहरुलाई खटाइएको छ ।

यसरी संकलन गरिएका विवरणहरु सर्वेक्षकले आफुखुशी सार्वजनिक भने गर्न पाउँदैनन् । संघीय सरकारले उपलव्ध गराएको ढाँचामा संकलन गरेका तथ्यांकहरु उपमहानगरमा सुरक्षित राखिने छन् । सुरक्षा संवेदनशिलता र नागरिकको हक अधिकारलाईसमेत मध्यनजर गर्दै सर्वेक्षणको काम अगाडि बढाइएको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ ।

सर्वेक्षणका खटिएका सर्वेक्षकहरुलाई तीन दिने विशेष तालिम दिएर फरमेटसहित फिल्डमा खटाइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए  । उनीहरुले फारम भर्ने र त्यसैलाई मोबाइल एप्समा सबमिट गर्नेगरी काम सिकाइएको छ ।

उपमहानगरपालिकाका सूचना प्रविधि विज्ञ विवेक भुसाललको नेतृत्वमा विशेषज्ञहरुले सर्वेक्षकलाई तीन दिनसम्म तालिम दिएका थिए । प्रत्येक वडाबाट टोलविकास संस्थाको सहकार्यमा छनौट भएका सर्वेक्षकलाई तालिममै नमुना सर्वेक्षण गराउँदै काममा खटाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x