फास्ट ट्र्याक आयोजना प्रमुख सहायक रथी श्रेष्ठ जिम्मेवारीमुक्त

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं– नेपाली सेनाले फास्ट ट्र्याक आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठलाई आयोजनासम्बन्धी जिम्मेवारीबाट हटाएको छ ।

तत्कालीन आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँडको पालामा डिजाइन प्रमुख समेत रहेका श्रेष्ठलाई सोधपुछका लागि जिम्मेवारीबाट हटाएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माले जानकारी दिए ।


Advertisement

फास्ट ट्र्याकमा आर्थिक अनियमितता गरेको आरोप लागेका खाँडमाथि नेपाली सेनाले अनुसन्धान गरिरहेको छ ।

सोही प्रकरणमा सोधपुछ गर्नुपर्ने भएकाले जिम्मेवारीबाट हटाइएको प्रवक्ता शर्माले लोकान्तरसँग भने ।

‘त्यो बेलामा डिजाइन प्रमुख भएकाले शरदलाल श्रेष्ठसँग पनि केही सोधपुछ गर्नुपर्ने देखिएकाले केही समयका लागि हटाइएको हो, अनियमितताको आशंका भएकाले भने होइन्,’ शर्माले भने ।

कमेन्ट गर्नुहोस्