खुला चामललाई ब्राण्डेड बनाएर ठगी

भक्तपुर – शिखरदीप एग्रो पाली भक्तपुरले खुला चामललाई ब्राण्डेड कम्पनीको बोरामा प्याकिङ गरेर बिक्री गरेको पाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले यो कम्पनीको गोदाम निरीक्षण गर्दा खुला चामल उपकार ब्रान्डको ५० केजीको ७८ वटा  बोरामा प्याकिङ गरेको पाइएको हो । 


Advertisement

निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठ संयोजकत्वको टोलीले कम्पनीलाई खुला चामललाई पुनः लेवलिङ गर्नुको कारणसहित तीनदिन भित्र विभागमा लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

कमेन्ट गर्नुहोस्