रूपन्देहीमा फोरम र नयाँशक्ति एकता अधिवेशन

बुटवल- समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी रुपन्देहीको एकता अधिवेशन सम्पन्न भएको छ । मंगलवार भैरहवामा भएको एकता अधिवेशनले राम अवतार यादवको नेतृत्वमा एक सय ११ जनाको जिल्ला कमिटी चयन गरेको छ ।

अधिवेशन समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं ५ इन्चार्ज दानबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा सहसराम यादवको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।


Advertisement

कमिटीको उपाध्यक्षमा सियाराम यादव, पदम बहादुर बिक र घनश्याम सिंह क्षेत्री चयन भएका छन ।  भने सचिवमा सोमनाथ शर्मा चयन हुनुभएको छ । कमिटीको सह सचिवमा श्याम बहादुर चौधरी र कोषाध्यक्षमा मनामती बनिया चयन भए ।

कमिटी गठनपछि बोल्दै अध्यक्ष राम अवतार यादवले अव शसक्त ढंगबाट शोसित  पीडित उत्पडित वर्गलाई गोलबन्द गरेर संगठन अघि बढाउने बताए  ।


Advertisement

अधिवेश दिनेश मणि त्रिपाठीको स्वागत तथा समाजवादी पार्टीको केन्द्रिय सदस्य तथा प्रदेश सह इन्चार्ज कमला खनालले शुभकामना मन्तव्य दिएका थिए । अधिवेशनमा नव गठित कमिटीलाइ प्रदेश नं ५ का अध्यक्ष अशोक यादवले सपथ ग्रहण गराए  ।

 

कमेन्ट गर्नुहोस्