नेपाललाई सनातन धर्म सापेक्ष राष्ट्र बनाउन विश्वव्यापी हस्ताक्षर अभियान

काठमाडौं- नेपाललाई पुन : सनातन धर्म सापेक्ष राष्ट्र बनाउन मागगर्दै ‘मातृभूमिका लागि नेपाली’ महाअभियानले विश्वव्यापी अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि कात्तिक ३० गतेदेखि विश्वव्यापी हस्ताक्षर अभियान शुरु गरिने महाअभियानका परराष्ट्र सम्बन्ध विभाग संयोजक दीपक गजुरेलले जानकारी दिए । 

नेपाल राष्ट्रको आफ्ना धर्महरू हिन्दू, बौद्ध, किराँत, बोन, इस्लाम, शिख, जैन लगायतको संरक्षण तथा प्रवर्द्धन गर्न नेपाल संवैधानिक रूपमै सनातन धर्म सापेक्ष राष्ट्र बनाइनु अत्यावश्यक रहेको ठहर गर्दै महाअभियानले शनिवारदेखि नेपाल लगायत संसारभर हस्ताक्षर सङ्कलन अभियान थाल्न लागेको गजुरेलले बताए । 


Advertisement

शनिवार बिहान ११ बजे काठमाडौंको वशन्तपुरमा हस्ताक्षर अभियान शुरु हुनेछ ।


Advertisement

वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठी संयोजक रहेको महाअभियानले नेपाललाई पुन : सनातन धर्म सापेक्ष राष्ट्र बनाउन मागगर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । 

कमेन्ट गर्नुहोस्