आन्दोलनका कारण बिस्कुट उद्योग बन्द

मजदुर आन्दोलनका कारण चितवनको बिस्कुट कम्पनी खजुरीको नेपाल प्रालि पाँच दिनदेखि बन्द छ । कम्पनीमा काम गर्ने मजदुरले उचित पारिश्रमिक नपाएको भन्दै व्यवस्थापन पक्षलाई माग राखेपछि उद्योग नै बन्द गरेको मजदुरहरूले बताएका छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका ५ मा रहेको उद्योगमा काम गर्ने मजदुरले नेपाल सरकारले तोकेअनुसार तलब नदिएको, एउटै काममा समान ज्याला नदिएको भन्दै आवाज उठाएका थिए । उद्योगमा महिला मात्र श्रमिक भएकाले व्यवस्थापन पक्षले मागलाई अटेर गरेको श्रमिकले जनाएका छन् ।


Advertisement

संयुक्त श्रमिक मजदुर सङ्गठन जिफन्ट प्रदेश ३ का अध्यक्ष गोविन्द अर्यालले भने‘१२ घण्टा काममा लगाएर आठ हजार पनि तलब नदिने भएपछि श्रमिकहरूले माग राखेका थिए तर व्यवस्थापनने वास्ता गरेन । ’ पाइराखेको काम खोसिने डरले श्रमिक महिलाहरू खुलेर बाहिर आउन सकेका छैनन्, अर्यालले भने।

उद्योगमा काम गर्ने एकजना महिलाले भन्नुभयो ‘कम्पनीमा २६७ जना श्रमिक महिला छन्, उनीहरूको श्रम शोषण गरिएको छ । आफूले पाउने तलब कति हो भनिँदैन महिना पुगेपछि उसले कति मन लाग्छ त्यति दिन्छ । ’


Advertisement

उनका अनुसार यस विषयमा बाहिर भने कामबाट निकालिदिन्छु भनेर धम्की दिने भएकाले श्रमिक खुल्न सकेका छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्