×

NMB BANK
NIC ASIA

सञ्चालनमा रहेकामध्ये ४१ विमानस्थल घाटामा

कात्तिक २९, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

नेपालमा सञ्चालनमा रहेका ४९ विमानस्थलमध्ये ४१ विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् ।

Muktinath Bank

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७५/७६ मा ती विमानस्थलबाट सरकारले २० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपरेको छ । कर्मचारीको पारिश्रमिकलाई पनि गणना गर्ने हो भने घाटा रकम दोब्बर हुने प्राधिकरणको अनुमान छ । विमानस्थलका कर्मचारीको पारिश्रमिक गणना नगर्ने हो भने ३२ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । उनका अनुसार घाटामा गएकामध्ये १२ वटा विमानस्थलको तथ्यांक प्राधिकरणसँग नै छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा अन्तर्राष्ट्रिय एक, आन्तरिक मुख्य चारवटा र अन्य आन्तरिक ४४ वटा विमानस्थल छन् । त्यस्तै, ७ वटा आन्तरिक विमानस्थल र २ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । एउटा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनको क्रममा छ । 


Advertisment
Nabil box
Kumari

विमानस्थलले वायुसेवा कम्पनीलाई सेवा दिएबापत विभिन्न शीर्षकमा शुल्क लिन पाउने व्यवस्था छ । त्यस्तै, विमानस्थल परिसरभित्र कारोबार गर्ने विभिन्न संस्थाबाट पनि शुल्क लिन पाउने प्रावधान छ । यद्यपि, कतिपय विमानस्थलमा लामो समयदेखि व्यावसायिक उडान नहुँदा सरकारले नोक्सानी व्यहोर्नुपरेको हो ।

Vianet communication

२० वटा विमानस्थलबाट करिब ३ करोड घाटा

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २२ वटा विमानस्थलबाट करिब ३ करोड घाटामा गएको छ । घाटामा गएका विमानस्थलमध्ये बलेवा अग्रपंक्तिमा छ । गत आवमा बलेवा विमानस्थल ३२ लाख ६८ हजार रुपैयाँ घाटामा सञ्चालन भएको थियो । उक्त विमानस्थलबाट सो अवधिमा ६४ हजार ८ सय ३२ आम्दानी भएको थियो । तर, सञ्चालन खर्च भने ३३ लाख ३३ हजार भएको तथ्यांकले देखाएको छ । लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल गत वर्षदेखि पुनः सञ्चालनमा आएको थियो । सो विमानस्थलमा सीता एयरलाइनस र स्थानीय नगरपालिकाबीच सम्झौता भएपछि एयरलाइन्सले सातामा तीनवटा उडान भर्दै आएको थियो । वायुसेवा कम्पनी र नगरपालिकाबीच जहाजका जतिवटा सिट खाली रहन्छन्, त्यसको क्षति नगरपालिकाले भुक्तानी गर्ने सम्झौता भएको थियो । तर, यात्रुको चाप अत्यन्त न्यून भएपछि पुनः उडान बन्द भएको छ । 

त्यस्तै, ताप्लेजुङ विमानस्थल गत आवमा ३० लाख ८८ हजार रुपैयाँ घाटामा गएको छ । उक्त विमानस्थलले गत आवमा ६ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, सञ्चालन खर्च भने ३६ लाख ९९ हजार भएको छ । भोजपुर विमानस्थल भने २८ लाख ७६ हजार नोक्सानीमा गएको छ । सो विमानस्थलले गत आवमा १ लाख ५४ हजार आम्दानी गरेको थियो भने सञ्चालन खर्च ३६ लाख ८९ हजार भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x