कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
पछिल्लो समय मेडिकलहरूमा आकस्मिक गर्भनिरोधक चक्की (आइपिल)को बिक्री बढ्दो छ ।
विवाहितभन्दा अविवाहित महिलाले गर्भनिरोधक अस्थायी साधनका चक्की बढी प्रयोग गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । तर, यस्ता औषधि प्रयोग गर्नअघि सजग हुन जरुरी छ ।
नियमित प्रयोग घातक
यौनसम्पर्क भएको ७२ घन्टाभित्र आकस्मिक गर्भनिरोधक चक्की खाइसक्नुपर्ने हुन्छ । सही समयमा उपयोग गरेमा यसले ९९.९ प्रतिशत काम गर्ने उत्पादक कम्पनी दाबी गर्छन् ।
यो आकस्मिक गर्भनिरोधकको साधन भएकाले ६ महिनादेखि वर्षदिनको अन्तरालमा आकस्मिक अवस्थामा प्रयोगमा ल्याउन सकिन्छ । तर, धेरैजसोले आइपिल चक्कीलाई नियमित गर्भनिरोधक साधनको रूपमा प्रयोग गरिरहेका छन् । यसरी धेरैपटक आइपिल प्रयोग गर्दा स्वास्थ्यमा जटिल समस्या देखिन्छन् । यसको प्रभाव पनि कम भएर जान्छ ।
आइपिलबारे अधुरो जानकारी हुनु वा यसलाई हतारको गर्भनिरोधक चक्कीका रूपमा प्रयोगमा ल्याउनु राम्रो होइन । बजारमा सजिलै पाइने र एउटा चक्की खाँदा ढुक्क भइन्छ भन्ने धारणाले यसको असुरक्षित प्रयोग बढिरहेको छ ।
समस्या
छोटो अन्तरालमा अर्थात् धेरैपटक आइपिल प्रयोग गर्दा महिनावारीमा गडबडी हुन्छ । त्यस्तै, कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्ने, पेट दुख्ने र समयमा महिनावारी नहुने समस्या देखिन्छन् । बिस्तारै महिलाको प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असर पर्दै जान्छ ।
आइपिलको प्रयोग नियमित गर्ने महिलामा पछि गएर चाहेको वेलामा गर्भ नरहन सक्छ । कतिपयमा बाँझोपनको समस्यासमेत देखिन्छ ।
आइपिल धेरै प्रयोग गर्ने महिलामा प्रजननसम्बन्धी हर्मोन असन्तुलित हुन सक्छ । त्यस्तै, अन्य हार्मोनमा परिवर्तन देखापर्दा मुड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ वा माइग्रेनको समस्या हुनेजस्ता समस्या देखिन सक्छ ।
कार्डियोभास्कुलर समस्या जस्तै, हृदयाघात, स्ट्रोक, रगत जम्नेलगायत दीर्घकालीन समस्या देखिन सक्छ ।
विभिन्न अध्ययनअनुसार, आइपिलले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, ओभरियन क्यान्सरजस्ता जटिल समस्या देखिन सक्छन् ।
गर्भ रोक्नका लागि आइपिलको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसकारण यौनरोगको जोखिम बढ्छ ।
गर्भवती महिला, ३५ वर्षभन्दा माथिका, धूम्रपान सेवनकर्ता वा केही समयअगाडि धूम्रपान गर्न छाडेका महिलाले आइपिलको प्रयोग गर्नुहुँदैन ।
दीर्घरोगी, माइग्रेन, क्यान्सर, मधुमेह, स्ट्रोक र हृदयाघात वा मुटुरोगीले आइपिलको प्रयोग गर्नुहुँदैन ।
त्यस्तै, अन्य रोगका लागि औषधिको सेवन गरिरहेका महिलाका लागि पनि आइपिलको प्रयोग जोखिमपूर्ण मानिन्छ ।
आकस्मिक गर्भनिरोधक चक्की आकस्मिक अवस्थाका लागि मात्रै हो । अनिच्छामा गर्भ बसेर पछि गर्भपतन गराउनुभन्दा यस्ता चक्कीको प्रयोग गर्नु ठीक हो । तर, नियमित सेवन गर्नुहुँदैन । नयाँ पत्रिकामा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...