हङकङ विरोध प्रदर्शनमा अर्का एक व्यक्तिको मृत्यु

हङकङमा सरकारसमर्थक र विरोधी प्रदर्शनकारीहरूबीच भएको झडपमा एक व्यक्तिको मृत्युलाई प्रहरीले हत्याको संज्ञा दिएको छ । 

७० वर्षीय सरसफाइ कर्मचारीलाई मुकुण्डो लगाएका प्रदर्शनकारीहरूले फ्याँकेको इँटाका कारण चोट लागेको र पछि अस्पतालमा उनको मृत्यु भएको थियो । 


Advertisement

हङकङमा एक हप्ताभित्र भएका प्रदर्शनमा यो दोस्रो मृत्यु हो । केही दिनअघि प्रहरी कारवाहीका क्रममा एक भवनबाट खसेर २२ वर्षीय विद्यार्थी एलेक्स चाउको मृत्यु भएको थियो । 


Advertisement

हङकङमा विगत पाँच दिनदेखि दिवाभोजनको समयमा मानिसहरू सडकमा निस्केर प्रदर्शन गरिरहेका छन् । 

यसबीच हङकङकी न्यायमन्त्री टेरिजा चेन्ज पनि प्रदर्शनकारीहरूसँग हात हालाहालका क्रममा लडेर घाइते भइन् । चीनले यस घटनाको निन्दा गरेको छ । 

हङकङमा विगत पाँच महिनादेखि अशान्ति छ । लगातार भइरहेको प्रदर्शनका विषयमा चीनका राष्ट्रपति शी चिनफिङले टिप्पणी गर्दै एक देश, दुई प्रणाली व्यवस्थालाई चुनौती दिइएको बताए ।

हङकङको सीमावर्ती शहर शेउङ शुईमा बुधवार प्रदर्शन हुँदा ७० वर्षीय क्लीनरको शिरमा चोट लागेको थियो । बिहीवार अस्पतालमा उनको निधन भयो । 

एक प्रहरी अधिकारीले साउथ चाइना मर्निङ पोस्टलाई ती व्यक्ति प्रदर्शनमा सहभागी नरहेको र तस्वीर खिचेर बसिरहेको बताए । 

हङकङमा यो साता हिंसा बढेको छ । सडकमा हिंसाका अनेकौं घटना भएका छन् । विश्वविद्यालयमा झडप भएका छन् र दिवाभोजनको समयमा अचानक भेला हुने भीडले प्रदर्शन गर्ने गरेको छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्