प्रधानमन्त्रीले भने– भारतलाई नक्सा सच्याउन लगाउने मात्र होइन हाम्रो भूमि फिर्ता ल्याउँछौं

फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिचिएको भूमि फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


Advertisement

'हामीलाई अरूको पनि जमिन चाहिएन, हामीले पनि एक इञ्च दिँदैनौं,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन् ।'


Advertisement

प्रधानमन्त्री ओलीले नेपालको भूमि जसरी पनि फिर्ता ल्याउने जिकिर गरे ।

'हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं,' उनले भने, 'कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ ।’

कमेन्ट गर्नुहोस्