×

NMB BANK
NIC ASIA

लुम्बिनीमा आइतबारदेखि न्यूज फेस्टिवल शुरू भएको छ ।

Muktinath Bank

‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ शुरू भएको महोत्सवमा मुलुकभरका ३ सयभन्दा पत्रकारको सहभागिता छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ३ गतेसम्म समाचार महोत्सव मुलुकमै पहिलोपटक आयोजना गरिएको हो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा राजधानीको प्रमुख मिडियाका सम्पादकहरूको सहभागिता पनि रहेको क्लबका अध्यक्ष दीपेश पछाइले जानकारी दिए ।  

Vianet communication

‘पत्रकारिता : चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नुपर्ने बाध्यता रहेको बताए । 

उनीहरूले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौती देखा परेको बताएका छन् । अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्या देखिएकाले त्यसको समाधानका लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार का बारेमा काउन्सिलमा धेरै उजुरी आएको बताए । उनले पत्रकारिता हतारमा गर्न नहुने धारणा पनि राखे । 

‘हुबहु/कपिपेस्ट पत्रकारिता सञ्चार क्षेत्रको मुख्य समस्या हो, खोजमूलक पत्रकारिताको आवश्यकता छ’, उनले भने ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताए । उनले पत्रकारहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या भएको धारणा राखे ।

खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराका सन्दर्भमा सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्स्याउनुपर्ने बताए ।

गाउँलेले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी उसले सरकारलाई प्रश्न गर्नुपर्ने धारणा पनि राखे । उनले भने, ‘परम्परागत मिडियाको शैलीका कारण रेडियोका स्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढेको छ,’ उनले भने ।

पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरू दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दाबी गरे । उनले राजनीतिक दलको क्याडर बनेकाहरूले पत्रकारिताको कुरा गर्न सुहाउँदैन भन्दै पत्रकारको संख्या बढे पनि उनीहरूको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताए ।

वरिष्ठ पत्रकार मोहन मैनाली पत्रकारिताका लागि आवश्यक कुराको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । उनले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए । कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारीले विचारबाट प्रभावित भएर समाचार बनाउन नहुनेमा जोड दिए ।

नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताइन् । उनले कतिपय अवस्थामा आयोजकले केही कार्यक्रममा एउटै समूहलाई बोलाउने र त्यो कार्यक्रममा गएका पत्रकारले सबै सञ्चारमाध्यममा एउटै समाचार पठाउने गर्नाले कपी पेस्टजस्तो देखिएको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x