×

NMB BANK
NIC ASIA

कारागारमा महराको दिनचर्या

सदरखोर बन्दी नम्बर ३४३ महरा: एकाबिहानै कैदी बन्दीलाई भन्छन्– उठौं साथी उज्यालो भइसक्यो !

हप्तामा २ दिन भात, किताब पढेर बित्छ दैनिकी

मंसिर ३, २०७६

NTC
Premier Steels

निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलान भए ।

Muktinath Bank

जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । बन्दीका रुपमा महराले जेल जीवन बिताइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेल अन्य भीआईपी कैदीबन्दीभन्दा महराको दिनचर्या सामान्य रहेको डिल्लीबजार कारागार सदरखोरकी शाखा अधिकृत सीता अधिकारीले बताइन् ।


Advertisment
Nabil box
Kumari

‘महराज्यूको आनीबानीको बारेमा मैले आजै बुझेकी थिएँ, उहाँ सामान्य रुपमा दिनचर्या बिताइरहनुभएको छ,’ शाखा अधिकृत अधिकारीले लोकान्तरसँग भनिन्, ‘उहाँमा अन्य भीआईपी कैदी जस्तो घमण्ड पनि देखिएन ।’

Vianet communication

डिल्लीबजार कारागारमा बन्दी ढड्डाको ३४३ नम्बर बन्दीका रुपमा कृष्णबहादुर महराको नाम दर्ता छ । पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला महराका जेलका साथी बनेका छन् ।

महरा हरेक दिन बिहान ४ बजेदेखि ५ बजेसम्म ब्यूझिने गरेका कारागारका चौकीदार दिपक गिरीले बताए । ‘राति ९ बजे महरा सरको सुत्ने समय हो,’ चौकीदार गिरीले भने, ‘उहाँ उठिसकेपछि अन्य साथीहरूलाई पनि उठाउनुहुन्छ । उठौं साथीहरू उज्यालो भइसक्यो भनेर अरूलाई पनि भन्नुहुन्छ ।’ 

डिल्लीबजार कारागारमा कृष्णबहादुर महरासँगै निलम्बित सांसद रेशम चौधरी, डीबी कार्की, रमेश चन्द ठकुरी, रञ्जन कोइराला, शम्भु भारतीसहित ६ जना भीआईपी कैदीबन्दी छन् । महरा लगायत भीआईपीलाई अन्य कैदीबन्दीसँग नराखेर छुट्टै सानो समूहमा राखिएको शाखा अधिकृत अधिकारीले बताइन् । ‘सुरक्षाको हिसाबले उहाँहरूलाई ठूलो समूहमा नराखेर छुट्टै सानो समूहमा राखिएको छ,’ अधिकारीले भनिन् ।

महराले बिहान उठ्ने वित्तिकै नित्यकर्म सकेपछि घाम ताप्ने र फलफूल खाने गरेका छन् । उनको दिनचर्या धेरैजसो किताब पढेर बित्ने गरेको शाखा अधिकृत अधिकारीले लोकान्तरसँग बताइन् । ‘उहाँले धेरैजसो किताब पढेर दिन बिताउनुहुन्छ, अहिले पनि उहाँ सामान्य जीवनशैली बिताइरहनुभएको छ,’ अधिकारीले भनिन् ।

हप्ताको २ दिन मात्रै महराले भात खाने गरेका छन् । अन्य ५ दिन कारागारको मेसमा रोटी खाने गरेको अधिकारीले बताइन् । ‘महराज्यूको लागि मेसमा रोटीको व्यवस्था गरिएको छ, बाहिरबाट ल्याउने अन्य व्यवस्था गरेका छैनौं,’ अधिकारीले भनिन् ।

महराले जेलभित्र सामान्य बन्दीसरह व्यवहार गर्न भनेका छन् । ‘अरू कैदीबन्दी जस्तै म पनि उस्तै हुँ,’ महराको भनाइ उदृत गर्दै चौकीदार दिपक गिरीले भने, ‘मलाई अन्य कैदीबन्दीहरूलाई जस्तै व्यवहार गर्नुहोला, म पनि अरू जस्तै नै हुँ ।’

महराको लागि जेलमा एउटा ‘सिङ्गल बेड’को व्यवस्था गरिएको छ । महरालाई जेलभित्र अन्यभन्दा फरक सुविधा दिइएको ‘बेड’ मात्र भएको शाखा अधिकृत सीता अधिकारीले बताइन् । महराका परिवारका सदस्यले फलफूल ल्याउने गरेको चौकीदार गिरीले बताए ।

‘उहाँलाई अन्य भेट्न आएको मैले थाहा पाएको छैन । मैले नचिनेको पनि हुनसक्छ । परिवारका सदस्यहरू भने आइरहनुभएको छ,’ गिरीले लोकान्तरसँग भने ।

हाल कारागारमा ६ सय ६ जना कैदीबन्दीले रहेका कारागार प्रशासनले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x