कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ ।
डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।
पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयवासी तम्सु गाल्वा लामाले बताए । आधाभन्दा बढी मूल्यवान सामग्री हराइसकेको ङ्वाङ लुम्डुप गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकाले संरक्षणमा समस्य भएको छ ।
अघिल्लो वर्षमा मात्र शे–फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधि नै पक्राउमा परेका थिए । अहिले उपल्लो डोल्पाका छ वटा प्रहरीचौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन् सुरक्षा चुनौती थपिएको गुम्बाक गुरुङले बताए ।
उपल्लो डोल्पा बौद्ध गुम्बा धेरै भएको ठाउँको रुपमा गणना हुने गर्दछ । बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा १०७ वटा गुम्बा दर्ता भएका छन् । सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी, निकासी गर्नेलाई थप बल पुगेको छ ।
गर्मीयाममा मात्र यहाँका स्थानीयवासी उपल्लो डोल्पामा बस्छन् भने चिसो मौसममा बेँसी झर्ने भएकाले मानिसको कम चहलपहल भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, शे फोक्सुन्डोलगायत स्थानीय तह निकै दुगर्ममा पर्दछन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षलगायतको टोलीमा माथि अदालतमा मुद्दा चलिरहेको छ । पुर्पक्षका लागि थुनामा रहेको रहेको उनले बताए ।
उनले भने, 'अहिले उपल्लो डोल्पामा रहेका बुद्धमूर्र्ति, गुम्बाको संरक्षणका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चरिरहेको छ, जिल्ला सुरक्षा समितिको बैठक बसेपछि त्यहाँको सुरक्षाका लागि छिट्टै निर्णयमा पुगिने छ ।' अहिले उपल्लो डोल्पामा हिमपात कारण जान सक्ने अवस्था नभएका कारण त्यहाँको सुरक्षाका लागि विशेष योजना बनाएर काम गर्ने भन्नेमा हामी रहेको छौँ,' उनले भने।
चिनियाँ सीमा नाका नजिक भएकै कारण चोरी निकासी नियन्त्रणमा थप समस्या भएको छ । समूहमा आउने डाँकाको समूहले गुम्बामा रहेका लामालाई बाँधेर चोरी गर्दै आएका छन् । यहाँ रहेका बुद्धमूर्र्ति कति मात्रामा छन् र कसरी राखिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।
कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा स्थापित मात्र नभएर धार्मिकरुपमा पनि उत्तिकै महत्व राख्ने उपल्लो डोल्पाका संरचना जोगाएर संरक्षण गर्नसके हरेक दृष्टिकोणले फाइदामा लिन सकिने छ । राज्यले यहाँ भएका बहुमूल्य वस्तुको चोरी, निकासी र पैठारी रोक्नका लागि विशेष योजना बनाएर युद्धस्तरमा काम नगरे सबै भएका वस्तु हराएर जाने निश्चित भएको सरोकारवाला बताउँछन् ।
स्थानीयवासीलाई विशेष तालीम दिएर संरक्षणका लागि जोड दिन सके केही समस्या हल हुनसक्ने बुझाइ स्थानीयको छ । स्थानीय सरकारले पनि इतिहाससँग जोडिएका वस्तु संरक्षण गर्न पहल कदमी लिनुपर्ने स्थानीयवासी बताउँछन् । हेमन्त केसी, रासस
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...