×

NMB BANK
NIC ASIA

भैरहवामा जहाज कुर्दै कृषिमन्त्री खनाल, फर्किएलगत्तै धन्यवाद दिन मन्त्रालय जाने !

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल 'बलदेव' मन्त्रिपरिषद्बाट हट्ने मन्त्रीका रूपमा चर्चामा रहेका छन् ।

Muktinath Bank

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको औपचारिक रूपमै सुनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कोही हट्नुहोला, कोही रहनुहोला,' ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, 'यसलाई नियमित प्रक्रियाकै रूपमा बुझ्न आग्रह गर्छु । भोलि कोही पनि औपचारिक कार्यक्रममा सहभागी नहुनुहोला ।'


Advertisment
Nabil box
Kumari

संयोगले हट्ने भनिएका दुई मन्त्री मातृका यादव र चक्रपाणि खनाल दुवै उक्त बैठकमा थिएनन् । यादव काठमाडौंमै थिए तर बैठकमा गएनन् । खनाल भने बुटवलमा थिए । खनाल बुधवार अपराह्न भैरहवा विमानस्थलमा काठमाडौं आउने जहाज कुरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

बिहान ९ बजेको फ्लाइट अझैसम्म हुन नसक्दा खनाल विमानस्थलमै रोकिएका हुन् ।

खनाललाई सोमवार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो निवास खुमलटार बोलाए ।

'प्रचण्डसँग मन्त्रिपरिषद हेरफेरका बारेमा कुराकानी भएको थियो,' खनाल निकटस्थ स्रोतले लोकान्तरसँग भन्यो, 'मन्त्री खनालले आफू हट्ने संकेत त्यतिबेलै पाइसकेका थिए ।' 

'तपाईंलाई हटाउने कुरा भएको छ मेरो र प्रधानमन्त्रीको,' प्रचण्डले खनाललाई भने, 'तपाईंको केही छ भनाइ ?' 

जवाफमा खनालले आफ्नो केही कुरा नभएको बताए । 'मलाई समस्या छैन, हटाएर नयाँ साथीलाई पालो दिनुपर्ने मैले मेरो कर्तव्य पनि ठानेको छु ।' 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग मन्त्री खनालको केही सातायता भेटघाट भएको छैन ।

'हटाउने नै हो भने एकपटक बोलाएर त सोध्नुपर्थ्यो नि !' खनालले आफ्ना निकटस्थसँग गुनासो गरेका थिए, 'यद्यपि केही छैन । मैले आफ्नो कार्यकाल राम्रोसँग पुरा गरें । नयाँ साथीलाई पालो दिनु मेरो पनि कर्तव्य हो ।'

बुधवार राजधानी फर्केपछि खनाल मन्त्रालय जानेछन् ।

'त्यहाँ उहाँलाई अहिलेसम्म सहयोग गरेका कर्मचारीहरूलाई धन्यवाद भन्नुहुनेछ,' उनीनिकट स्रोतले भन्यो, 'त्यसपछि उहाँ पार्टीको नियमित काममा फर्किने योजना बनाउनुभएको छ ।' 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन माओवादीकातर्फबाट यादव र खनालले प्रतिनिधित्व गरेका थिए । त्यतिबेला पार्टी एक भइसकेको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x