×

NMB BANK
NIC ASIA

शेयर बजारमा आजपनि ओरालो, १.६५ अंकले घट्यो नेप्से

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.२५ अङ्कले घटेर २४८.६७ मा पुगेको छ ।

Muktinath Bank

स्टकका अनुसार कुल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु तीस करोड ३७ लाख २४ हजार २०४ मा खरिदबिक्री भएको छ ।  कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर उकालो लागेको छ । बैङ्किङ ०.५७ र व्यापार ३२.९९ अङ्कले बढ्दा होटल ६.६२, विकास बैङ्क २.३८, जलविद्युत् २.८१, वित्त ०.७७, निर्जीवन बीमा २४.२५, उत्पादन १६.५८, अन्य २.७१, लघुवित्त ३.४४, जीवन बीमा ३०.३७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अङ्कले घटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबार रकमका आधारमा एनएमबी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको शेयर रु ३ करोड ५४ लाख ९९ हजार ९५७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो । यसैगरी नेपाल बैङ्कको रु २ करोड ६८ लाख ५५ हजार २५४, नविल बैङ्कको रु २ करोड १८ लाख ४० हजार ९५९, प्राइम कमर्शियल बैङ्कको रु १ करोड २२ लाख २२ हजार ३२४, प्रभु बैङ¬्कको रु ९८ लाख २९ हजार ४० र हिमालयन डिस्टिलरीको शेयर रु ८८ लाख १२ हजार २९२ मा खरिदबिक्री भए ।


Advertisment
Nabil box
Kumari

परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ८.०२, माउन्टेन हाइड्रो नेपाल ६.४९, जोशी हाइड्रोपावर डेभलपमेन्ट ५.२६ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाए ।

Vianet communication
Laxmi Bank

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्टका शेयरधनीले ६.६६ प्रतिशतले गुमाउँदा तारागाँउ रिजेन्सी होटल लिमिटेड ४.०५, नविल समृद्धि फण्ड¬–१ को ३.८५, खानीखोला हाइड्रोपावर ३.८४, नेशनल हाइड्रो पावर कम्पनी ३.८४ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x