×

NMB BANK
NIC ASIA

बलात्कारमा परेकी युवतीको न्यायाधीश बन्ने सपना

मंसिर ५, २०७६

NTC
Premier Steels

राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) ले ८ वर्षअघि बैतडी जिल्लाको पाटनमा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहँदैनन् ।

Muktinath Bank

विक्रम संवत् २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन पाटन झरेकी पूजामाथि भएको सामूहिक बलात्कारको घटनालाई जतिसुकै बिर्सन खोजेपनि न्यायको चेतनाले भने उनलाई बारम्बार झस्काइरह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही चेतनाले बारम्बार झस्काएकै कारण पीडित पूजाले ८ वर्षपछि न्याय पाएकी छन् । सर्वोच्च अदालतले पूजामाथि भएको पाशविक र पीडादायी अपराधमा संलग्न अभियुक्तलाई दोषी ठहर गरी ११ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति सजाय सुनाएको छ तर अपराधी अझै फरार छन् ।


Advertisment
Nabil box
Kumari

‘यो फैसलाले मेरो पीडामा मल्हमपट्टी लगाइदिएको छ,’ पीडित पूजाले भनिन्, ‘अपराधीलाई छिट्टै पक्राउ गरी कानूनको कठघरामा उभ्याइयोस् ।’ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यही सोमबार उक्त फैसला सुनाएको हो ।

Vianet communication

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्ला अदालत बैतडीको फैसला उल्ट्याउँदै सामूहिक बलात्कार अपराधमा संलग्न सागर भट्ट र अमर अवस्थीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सो आदेशले पूजालाई चोटमाथि चोट थपिदियो । दुवैजना फरार भए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तर पनि पूजाले हिम्मत हारिनन्, ‘इँटको जवाफ पत्थरले दिने’ दृढ विश्वासका साथ न्यायका लागि निरन्तर लडिरहिन् । अन्ततः ८ वर्षको संघर्षपछि न्याय प्राप्त भयो । ‘पुनरावेदन अदालतको फैसलाले पुनः मारेको अनूभूति गरेकी थिएँ,’ उनले थपिन्, ‘१६ वर्षको किशोरी अवस्थामा भएको त्यो पीडादायी घटना सम्झन्न पनि चाहन्नँ ।’

पुनरावेदन अदालतको आदेशपछि निराश बन्नुभएका पूजा आफ्नो न्यायका लागि मात्र नभई आफूजस्तै अन्य पीडित चेलीबेटीको न्यायका लागि कानुन पढ्न थालेकी छन् ।

उनले व्यवस्थापन संकायमा कक्षा ११ र १२ उत्तीर्ण गरेपछि बीए एलएलबी पढ्न थालिन् । कानून पढेर राम्रो वकिल वा न्यायाधीश बन्ने सपना उनको छ । पुनरावेदन अदालत महेन्द्रनगरको फैसला त्रुटिपूर्ण रहेको भन्दै किशोरी पूजा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगिन् ।

अन्तिममा भएपनि न्याय मिलेको भन्दै उनले थपिन्, ‘निकै खुशी छु । मेरो न्यायका लागि लड्ने सबैलाई सम्झन चाहन्छु । त्यसअघि जिल्ला अदालत बैतडीले अभियुक्तविरुद्ध जनही १३ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना सजाय सुनाएको थियो ।’

८ वर्षअघि २०६८ साल चैत ९ गते एसएलसी परीक्षाको तयारी गरिरहेको बेला सदरमुकाम खलंगामा पुस्तक पसल सञ्चालन गरिरहेका भट्ट र फोटो स्टुडियो सञ्चालक अवस्थीले साँझ कोठामा पढिरहेकी पूजालाई अपहरण शैलीमा बलात्कार गरेका थिए ।

किशोरी पूजा घटना भएको भोलिपल्ट बिहान रक्ताम्मे र अचेत अवस्थामा फेला परेकी थिइन् । मानसिक रूपमा विक्षिप्त भएकी पूजाको विभिन्न गैरसरकारी संघसंस्थाको सहयोगमा औषधि उपचार गरिएको थियो । हाल उनी स्वस्थ छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x