×

NMB BANK
NIC ASIA

गुजारा चलाउन नृत्य देखाउँछन् छन्त्याल समुदाय

मंसिर ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जीवन गुजार्न कृषि पेशासँगै नृत्य देखाउने काममा व्यस्त छ छन्त्याल समुदाय । झापा गाउँपालिका–२ का छन्त्याल जातिका युवा नृत्य देखाउनकै लागि बनेपासम्म आएका हुन् ।

Muktinath Bank

काभ्रेपलाञ्चोकको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २५औँ दीक्षान्त समारोहमा नृत्य प्रस्तुत गर्न आइपुगेका उक्त समूहले दिनभर छन्त्याल नृत्य प्रदर्शन गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीलाई यहाँसम्म आएको प्रतिव्यक्ति २ हजारका दरले पारिश्रमिक दिने भनिएको छ,’ समूहका नेता धरमलाल हेमरमले भने, ‘यहाँ पुरुष २२ र महिला १० जना छौं ।’ आउने जाने र खाने बस्नेको व्यवस्था आयोजकले गरिदिएको उहाँले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले लोपउन्मुख अवस्थामा रहेको सांस्कृतिक नृत्य विभिन्न ठाउँबाट आएका व्यक्तिमाझ प्रदर्शन गर्न छन्त्याल समुदायलाई झिकाएको बताए ।

Vianet communication
Laxmi Bank

आदिवासी जनजाति समुदायभित्रका सुविधाबाट वञ्चित छन्त्याल समुदाय अझै पनि जीविकोपार्जनका लागि ज्यालाका नृत्य देखाउँदै हिँड्नुपर्ने अवस्था छ । ‘कृषि पेशामा नै निर्भर रहने अवस्था छैन । त्यसबाहेक हामी यसरी नै सामूहिक रुपमा गरिने नृत्यबाट आम्दानी बढाउने काममा लाग्दै आएका छौं,’ नृत्यमा सहभागी अर्का ताला टुडुले भने । यसरी नै बेलाबखत देखाउने गरेको नृत्यको भत्ताबापत पाउने रकम थप आम्दानीको स्रोत बनेको उनको भनाइ छ ।

विशेषगरी आफ्नो समुदायभित्र दशैंको बेलामा देखाउने नृत्य अरूका लागि मनोरञ्जनको पाटोका रुपमा प्रदर्शन गर्दैै आएपनि अहिले जिउने आधार हो । महिलाले देखाउने ‘सराइ क्रप’ नृत्य छन्त्याल जातिको ‘सोराइ पर्व’मा देखाउने सामूहिक नृत्य हो । अरू जातिमा नभएको नृत्य मागअनुसार सामूहिक रुपमा ८०/९० जनासम्मले पनि गर्न सकिने जुडुको भनाइ छ ।

हिन्दू धर्म मान्ने सो समुदायको मेला/पर्वमा बजार/बजारमा गएर नृत्य देखाउने गरिएको सनत टुडुले बताए । ‘पहिलादेखि गर्दै आएको नृत्य भएकाले बालबालिकाहरुलाई सिकाउने गरिँदैन, यो ठूलाले देखाएको आधारमा हेरेर सिक्न गरिन्छ,’ उनले भने ।

लुङ्गी र पञ्ची लगाएर ड्रमको तालमा सिठी फुकेर उफ्री उफ्री नाच्ने गरिन्छ । सामूहिक रुपमा गर्ने नृत्यमा समूह नाइकेले गरेको संकेतको आधारमा नृत्य देखाउने उनीहरूको मुख्य काम हो ।

आफ्नो मौलिक मातृभाषा र वेशभूषा संस्कृति भएको छन्त्याल जातिको झापामा बाग्लै बस्ती रहेको छ । छन्त्याल जातिमा १२ वटा थर रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x