×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीका चिकित्सक भन्छन् : ‘भेन्टिलेटरमै राखिएको भएपनि उहाँ मिनिमल सपोर्टमा हुनुहुन्छ’

मंसिर ११, २०७६

NTC
Premier Steels

‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ ।

Muktinath Bank

प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्‍याइएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो।


Advertisment
Nabil box
Kumari

सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो। शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ। विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट)मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’ रहेको उल्लेख छ।

Vianet communication

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। तर, उपचारमा संलग्न एक चिकित्त्सकका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका ओलीको मंगलबार साँझ नै होस खुलिसेको छ। ‘उहाँ अलि अलि कमान्ड फलो गर्न सक्षम हुनु भएको छ,’ ती चिकित्सकले भने, ‘भेन्टिलेटरमै राखिएको भएपनि मिनिमल सपोर्टमा हुनुहुन्छ।’

शल्यक्रियापछि ओलीलाई ‘आइनोटोपिक सपोर्ट’ (रक्तचापलाई नियन्त्रणमा राख्ने औषधि) पनि दिइएको छ। यस अन्तर्गत उनलाई रक्तचाप बढाउने तीनथरी औषधि दिइएको छ। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई केहिबेर भेन्टिलेरमा राखेर पछि बाहिर निकाल्ने योजना बनाएका थिए। अहिले प्रधानमन्त्रीलाई ‘ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक’ (विभिन्न प्रकारका संक्रमणहरूमा प्रभावकारी हुने औषधी) दिइएको छ। प्रधानमन्त्रीको मंगलबार राती नै डायलसिस पनि गर्ने तयारी गरिएको अर्का चिकित्सकले जनाए।

अस्पताल पुग्नु अघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियो/थिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन। उनको उपचार प्रकृया र शारिरीक स्थितिलगायतको विश्लेषणका आधारमा केहि विशेषज्ञले अस्पताल पुग्नु अघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन्।

‘प्रधानमन्त्रीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोधात्मक क्षमता घटाउने औषधि) खाइ राख्नु भएको छ। यो औषधिले गर्दा एपेन्डिसाइटिसको दुखाइ कम भएर समयमै थाहा नहुन पनि सक्छ’, एक मृगौला रोग विशेषज्ञले भने, ‘पुरै पेट खोलेर शल्यक्रिया गर्नु पर्नाको कारण या त एपेन्डीक्स फुटेकै हुनु पर्छ नभए पेट भित्र पिप, पानी आदि जमेको हुनु पर्छ।’

रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गत आइतबार प्रधानमन्त्रीको चौथो पटक हेमोडायलसिस गरिएको थियो। ६७ वर्षिय प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा पहिलो पटक डायलसिस गरिएको २६ औं दिन चौथो डायलसिस गरिएको हो। प्रधानमन्त्री गत साउनदेखी नै मिर्गौलासम्बन्धि समस्याले चिकित्सकिय परामर्श, परिक्षण र उपचारमा छन्। कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x