असुरक्षित बेलायत : जेलबाट छुटेका व्यक्तिले दुईजनाको हत्या गरेपछि दण्ड व्यवस्थामा उठ्यो प्रश्न

बेलायतमा आतंकवादी कसूरमा जेल परेर निस्केका उस्मान खानले लन्डनमा दुईजनाको हत्या हुने गरी चक्कु आक्रमणको घटना गराएकोले सार्वजनिक सुरक्षा र कारागार निरीक्षणका विषयमा प्रश्न उठाएको छ । 

सबभन्दा महत्त्वपूर्ण प्रश्न भनेको सन् २०१२ मा पक्राउ परेका खानलाई कारागारबाट मुक्त नै किन गरियो भन्ने हो । उनले त्यतिखेर बेलायतका महत्त्वपूर्ण स्थानमा बम आक्रमण गर्ने अनि पाकिस्तानमा आतंकवादी तालिम केन्द्र बनाउने अलकायदाको षड्यन्त्र रचेको भनी कारागारमा राखिएको थियो । 


Advertisement

उनले अन्य व्यक्तिसँग मिलेर लन्डन स्टक एक्सचेन्ज, संसद् भवन, अमेरिकी दूतावास अनि विभिन्न धार्मिक तथा राजनीतिक व्यक्तिमाथि आक्रमण गर्ने योजना बुनेको आरोप छ । 

तर खानले त्यतिखेर आतंकवादको तयारीमा लागेको भन्ने अलि कम गम्भीर आरोप सकारेका थिए । उनले बेलायतमा रहेका उग्रवादीहरूलाई कश्मीरमा रहेको तालिम केन्द्रमा भर्ती गर्ने योजना बनाएको विषयमा बोलेको गोप्य रेकर्ड पनि रहेको त्यतिखेर अदालतले सुनुवाइ गरेको थियो ।


Advertisement

त्यतिखेर अदालतले दिएको फैसलाबाट कैदीहरू पूरै सजाय नकाटिकन निस्कने सुविधा प्राप्त भएको थियो । खान पनि सात वर्ष मात्र कारावास भोगेर पोहोर सालको डिसेम्बर महिनामा छुटेका थिए । उनलाई ट्य्राकिङ ट्याग लगाउन लगाइएको थियो । 

चक्कु प्रहारको घटना भएपछि सबैथरी राजनीतिकर्मीहरूले आतंकवादीलाई दण्ड दिने तथा निगरानी गर्ने प्रक्रिया पुनरवलोकन गर्नुपर्ने बताए । 

प्रधानमन्त्री बोरिस जोनसनले ‘खतरनाक अपराधीहरू, विशेषगरी आतंकवादीहरू, का लागि उपयुक्त सजाय दिइनु’ महत्त्वपूर्ण रहेको बताए ।

द गार्डियनबाट

कमेन्ट गर्नुहोस्