शेयर बजार स्थिर

काठमाडौं- साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मात्रै ०.०७ बिन्दुले बढेर एक हजार ११२.८५ बिन्दुमा सीमित भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.५० बिन्दुले घटेर २४६.१५ बिन्दुमा पुगेको छ ।


Advertisement

नेप्से स्थिर रहँदा कारोबार रकम पनि सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर २० करोड ६३ लाख १४ हजार ३२३ मूल्यमा कारोबार भयो ।
 
कारोबार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.४१, जलविद्युत् १.९९, वित्त २.९४, उत्पादन २.८७, अन्य ४.१५ र जीवन बीमा १२९.३६ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२९, व्यापार १२.९३, विकास बैंक ८.९२, निर्जीवन बीमा १९.३९, लघुवित्त ६.८३ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले घटेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्