कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मंसिर १६, २०७६
नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष हुन् शेखर गोल्छा । सानो उमेरमै व्यवसायमा सफलता हासिल पारेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्ष नै नयाँ कार्यसमितिको अध्यक्ष बन्ने उद्योग वाणिज्य महासंघको विधानको व्यवस्था अनुसार शेखर आगामी कार्यकालका अध्यक्ष हुन्, जुन पक्कापक्की भइसकेको छ ।
नेपालका उद्योगी व्यवसायीको छाता संगठनको रुपमा रहेको उद्योग वाणिज्य महासंघको भावी अध्यक्षको रुपमा योजना र कार्यक्रम के छन् ? औद्योगिक लगानीको अहिलेको वातावरण कस्तो छ ? यी लगायत समसामयिक विषयमा लोकान्तरले महासंघका भावी अध्यक्ष एवं वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छासँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा अवसर र चुनौती
नेपाल उद्योग वाणिज्य महासंघ मेरो लागि एउटा मन्दिर जस्तै हो । किनभने आजभन्दा ५५ वर्ष पहिले नेपालका उद्योगी र व्यवसायी मिलेर यो संस्थाको कल्पना गरेका थिए, त्यसमध्ये एकजना मेरो बुवा पनि हुनुहुन्थ्यो । पहिलो विधान बनाउने कुरामा पनि उहाँ लाग्नुभएको थियो, उहाँको हस्ताक्षर नै छ । त्यसपछि मेरो काका र दाइहरू मिलेर लाग्नुभयो ।
मलाई लाग्दैन आजसम्म यस्तो कार्यसमिति बनेको छ जसमा हाम्रो परिवारको सदस्य छैन । निजी क्षेत्रको यत्रो विश्वास आर्जन गरेको संस्था जसमा मेरो परिवारको समेत योगदान छ यो धरोहरलाई कसरी अझ बढी सशक्त बनाउने भन्ने लक्ष्य लिएर आज म यहाँ आएको हो ।
मुख्य तीनवटा कुरा छ । सिद्धान्तको कुरा गर्दा निजी क्षेत्रको शीतल छहारी उद्योग वाणिज्य महासंघ कसरी हुनसक्छ ? निजी क्षेत्रमा रहेको हरेक समस्यालाई महासंघले एड्रेस गर्न सक्नुपर्यो । पहिलो भाग अहिले रहेका विद्यमान समस्या, कसरी लगानीको वातावरण सुधार्र्ने ? अहिले रहेका उद्योगका समस्याको समाधान गर्ने विषय छ । म आफैं उद्योगी भएकाले कहाँ छन् समस्या भन्ने विषयलाई पहिचान गरेर सुधारको पहल गर्छु ।
दोस्रो कुरा संगठन विकास हो । अहिले पनि हाम्रो सचिवालय र हाम्रो काम गराइमा केही सुधारको खाँचो छ । म सुधार गर्छु । हजारौं व्यक्तिलाई रोजगारी दिएर बसेको मान्छे भएकाले कसरी म्यानेज गर्ने भन्ने मलाई थाहा छ । तेस्रो विषय हो – अवसर सिर्जना गर्ने । नयाँ अवसरलाई रिसर्च गरेर कसले कहाँ लगानी गर्ने भन्ने कुराको व्याकबोण्ड बनाउन चाहन्छु महासंघलाई । स्वदेशी, विदेशी लगानीको वातावरण सिर्जना गर्नुपर्ने छ । त्यो काममा फोकस हुन्छु । छोटकरीमा भन्नुपर्दा मेरा लक्ष्य यिनै हुन् ।
देशको अर्थतन्त्रको अवस्थाको विश्लेषण
नेपालको अर्थतन्त्रमा केही अल्पकालीन चुनौती छन् तर दीर्घकालीन रुपमा हेर्दा हाम्रो अर्थतन्त्रका सूचकहरू एकदमै स्वस्थ छन् । त्यसले के देखाउँछ भने अल्पकालीन चुनौतीलाई पार गर्न सक्यांै भने दीर्घकालका लागि सब्स्ट्यान्स छ हाम्रो अर्थतन्त्रमा । हामी यी चुनौती पार गरेर अगाडि जान सक्छौं जस्तो लाग्छ ।
के प्यारामिटर राम्रो छ भनेर सोध्नुहुन्छ भने सोधानान्तरको स्थिति सुधार भइरहेको छ । ब्यालेन्स अफ पेमेन्टमा समस्या छैन । अरु विकासोन्मुख देशमा सबभन्दा ठूलो चुनौती सोधानान्तर घाटा नै रहेको हुन्छ । हामीकहाँ रेमिट्यान्स आइरहेको छ, केही घटेको जस्तो छ गत महिना तर ओभरल बढेकै छ । रेमिट्यान्सले गर्दा सोधानान्तरमा समस्या छैन यो हाम्रो अर्थतन्त्रको शुभ संकेत हो ।
हाम्रो आयातमुखी अर्थतन्त्र छ । भारतमा हेभिली डिपेन्डेन्ड छ । भारतको अर्थतन्त्र स्थिर नै छ । मूल्यवृद्धि ५/६ प्रतिशत हाराहारी छ । त्यही अनुसारले हामी पनि यहाँ ५/६ प्रतिशतको हाराहारीमा छौं । भारतसँगको परनिर्भरता अर्को पाटो छ तर इन्फ्लेसन हाम्रोमा कन्ट्रोलमा रहेको छ ।
रोजगारी र कामदारको कुरा गर्दा देशमा काम गर्ने मान्छे पाइरहेका छैनौं । बाहिरबाट मान्छेहरू आइरहेका छन् । नेपालमा काम गर्नको लागि हामी नेपालीहरू पलायन भएर बाहिर काम गर्न गइरहेका छांैं । आफ्नो भविष्य अन्य ठाउँमा हेरिरहेका छौं । यसका दूरगामी असर होलान्, यसको सामाजिक असर पनि होला तर एउटा तथ्य के हो भने देशमा बेरोजगारी कम छ । त्यो पनि शुभ संकेत हो ।
हाम्रो ग्रोथ रेट अहिले पनि हामी वान अफ दि ग्रोथ इकोनमी भइरहेका छौं । हाम्रो ग्रोथ इन्कुलुसिभ पनि छ । काठमाडौं मात्र होइन, देशका विभिन्न ठाउँमा विकासका लक्षणहरू देखिएका छन् । खासगरी प्राइभेट सेक्टरले गरेको काम । यो समावेशी ग्रोथले गर्दा स्थिरता उत्पन्न हुन्छ भन्ने विश्वास लिन सकिन्छ ।
अल्पकालीन रुपमा केही गम्भीर समस्या देखापरेका छन् । यसको मुख्य जरो तरलताको कमी रहेर सबै समस्या उब्जाएको हो । जब–जब पैसाको डिमान्ड हाइ हुन थाल्छ तरतला हाइ हुन जान्छ । हामीकहाँ पनि तरलताको समस्या बढेको छ । यो तरलताको समस्याले गर्दा मार्केट सुस्ताएको छ । सिमेन्ट र स्टिल जस्ता उद्योग डिग्रोथमा आएको छ । त्यसै गरेर इलेक्ट्रोनिक सामानको खपत नहुँदा राजस्वको लक्ष्य पूरा गर्न सकेका छैनौं । यी सबै अल्पकालीन समस्या हुन् ।
अल्पकालीन समस्या समाधानका लागि उपाय लगायौं भने दीर्घकालीन रुपमा नेपालको अर्थतन्त्रको आधारभूत धरातल अझ पनि बलियो छ भन्ने मेरो बुझाइ छ ।
औद्योगिक र लगानीको वातावरण
औद्योगिक वातावरणको कुरा गर्दा नेपालमा विभिन्न कालखण्डमा विभिन्न चुनौती आएका थिए । कुनै बेला सायद नेपालमा सानो बजार थियो । ठूलो बजार आउन सक्दैनथ्यो । सरकार र निजी क्षेत्रको पनि लगानी गर्न सक्ने क्षमता पनि कम थियो । ऊर्जाको ठूलो समस्या भोगेकै हौ । १८ घण्टासम्म पनि लोडसेडिङमा गर्यौं । जेनेरेटरबाट उद्योग सञ्चालन गर्नुपर्दा त्यसको कम्पिटेटिभ एडभान्स पनि सिद्धियो । श्रम सम्बन्ध एउटा ठूलो समस्याको रुपमा आयो । हरेक फ्याक्ट्रीमा बन्द हड्तालले ठूलो समस्या निम्त्याएको थियो । त्यसबेला धेरै उद्योग बन्द पनि भए । बन्द हड्तालको सिलसिलाले धेरै उद्योगलाई धरासायी बनायो ।
अहिले उद्योग क्षेत्रमा मैले देखेको मुख्य ५ वटा चुनौती छन् । एउटा तरलताको समस्याले गर्दा साना र मझौला उद्योगलाई ऋण पाउन एकदमै ठूलो समस्या भइरहेको छ । अर्को चुनौती जग्गा प्राप्ति । हामीले जग्गा पाउन छाडेका छौं । जग्गा निकै महंगो भएर गएको छ । जग्गा यति महंगो भएको छ कि उद्योगमा गर्नुपर्ने लगानी जग्गामा गरेर प्रतिफल आउन निकै गाह्रो भएको छ । तेस्रो हाम्रो कस्ट अफ डुइङ्ग बिजनेस एकदमै हाइ भएको छ, हामी एकदमै हाइकस्ट इकोनमी बनेका छौं । उदाहरणको लागि हाम्रो पूर्वाधार एकदम कमजोर छ । त्यसले गर्दा ढुवानीको कस्ट एकदमै बढी भएको छ । भारत लगायत तेस्रो देशबाट कच्चा पदार्थ ल्याउँदा ढुवानी धेरै ठूलो कस्ट बनेर आउँछ । यो ठूलो चुनौती रहेको छ ।
अर्को चुनौती बैंकको व्याजदर हो । आज बिहान मैले चेक गरेको थिएँ चाइनामा उद्योगीले व्याजदर ४ देखि ५ प्रतिशतमा पाउँछ । हामीकहाँ अहिले पनि १२ प्रतिशतभन्दा माथि छ । साना उद्योगलाई त झन् चुनौतीपूर्ण रहेको छ । भारतमा पनि उद्योगले पाउने ऋणको व्याजदर ८ देखि १० प्रतिशत रहेको छ । अर्को भनेको उत्पादकत्व हो । आईएलओको रिपोर्टले पनि नेपालको उत्पादकत्व एकदमै कम रहेको देखाएको छ । नेपालीहरू बाहिर गएर एकदम मेहनत साथ काम गर्छौं, देशमा चाहिँ गर्न चाहँदैनौं । किनभने देशमा काम गर्ने वातावरण पनि छैन । कानून पनि छैन र मोटिभेसन पनि छैन । बाहिर गएर सबभन्दा मेहनत गर्ने हामी नेपाली नै हौं । नेपालमा काम गर्न चाहँदैनौं । त्यसले गर्दा प्रोडक्टिभिटी एकदमै लो रहेको छ ।
उद्योगका लागि अझ पनि ऐन कानूनहरू अहिले पनि उद्योगमैत्री छैनन् । त्यस्तो कानून परिवर्तन गर्न पनि आवश्यकता छ । उदाहरणको लागि नयाँ औद्योगिक व्यवसाय ऐन त आएको छ । ऐन कानून लगानीमैत्री छैन । आएका नयाँ ऐनको सफल कार्यान्वयन देखिएको छैन । देवानी मुद्दा देवानीमा सीमित रहनुपर्छ । देवानी मुद्दालाई फौजदारी बनाउँदा निजी क्षेत्र एकदमै हतोत्साहित छ ।
सम्पत्ति शुद्धीकरणको टुलले लगानीकर्ता त्रसित
सम्पत्ति शुद्धीकरण एफएटीएफको गाइडलाइन्समा सम्पत्ति शुद्धीकरणको कुरा आएको छ । खासगरी आतंकवाद नियन्त्रण र लागू औषध कारोबारको पैसालाई निरुत्साहित गर्न र ट्रयाक गर्न यो आएको छ । एफएटीफएको गाइडलाइनले अहिले निजी लगानीलाई रोकेको छ, किनभने अहिलेसम्म सम्पत्ति घोषणा गर्ने व्यवस्था थिएन । कसको कति सम्पत्ति छ भनेर सरकाररसँग केही लेखाजोखा छैन । सम्पत्ति शुद्धीकरण एउटा यस्तो टुल बनेको छ, जसलाई पनि प्रश्न गर्न सकिने । हाम्रो भनाइ के भने कसैले उत्पादक क्षेत्रमा लगानी गर्छ भने गर्न देउ भन्ने हो । किनभने त्यो देशमा रोजगारी सिर्जना गर्न र राजस्व बढाउनको लागि हुन्छ र देशमा अझ भ्यालु एडिसन आउँछ भने त्यसका लागि केही न केही सहुलियत खासगरी उद्योगमा लगानी गर्दा केही सहुलियत हुनुपर्छ । सम्पत्ति शुद्धीकरणको यो टुलले गर्दा सबै जना त्रसित छन् । लिगल पैसा भएपनि भोलि कसैले प्रश्न गर्यो भने कसरी जवाफ दिने यसमा ? किनभने अहिलेसम्म त पहिला कहिलै घोषणा नै गरेको छैन ।
निजी क्षेत्रलाई अहिलेसम्म भनिएको छैन कि तपाईंको पूर्वज र बाउबाजेसँग तपाईंको सम्पत्तिको लेखाजोखा के हो भनेर मागिएकै छैन । उद्योगमा लगानी गर्यौं, यो पैसा कहाँबाट ल्याइस् भनेर सोध्यो भने जवाफ दिन गाह्रो हुन्छ । अभिलेखीकरण गरिएको छैन । मुख्य कुरा त्यसको अभिलेखीकरण हुनुपर्यो । जबसम्म अभिलेखीकरण हुँदैन, तबसम्म निजी क्षेत्रलाई पनि ढुक्क हुँदैन । अहिले लगानी गर्छौं, भोलि यो कहाँबाट ल्याइस् भन्यो भने ? एउटा यस्तो नियम जसले निजी क्षेत्रलाई उत्पादक क्षेत्रमा लगानी गर्नको लागि त्रास सिर्जना गरेको छ ।
वैदेशिक लगानी भित्र्याउन कति सहज ?
अहिलेको लगानीले हामी दोहोरो डिजिटको वृद्धिको कल्पना गर्छौं, त्यो सम्भव हुँदैन । त्यसैले हामीलाई विदेशी लगानी चाहिएको छ । विदेशी लगानी मात्र होइन, ऋण पनि लिन सक्नुपर्छ । हामीसँग भएको स्रोतसाधनले मात्र १० प्रतिशतको आर्थिक वृद्धि सम्भव छैन तर हामी विदेशी लगानीको नाममा विदेशीलाई काखा र स्वदेशीलाई पाखा गर्यौं भने त सम्भव छैन । यसले निरुत्साहित तुल्याएको छ । किनभने हामी विदेशीका लागि सबै ढोका खोलिदिन्छौं । एकद्वारबाट सबै क्लिरेन्स गर्दिन्छौं, स्वदेशीको काम गर्दैनांै भने स्वदेशी लगानीकर्ता निरुत्साहित हुन्छन् । स्वदेशी लगानीलाई प्रोत्साहित गर्नुपर्छ ।
विदेशी लगानी कुन क्षेत्रमा आउने हो ? हरेक क्षेत्र सबैका लागि खोल्दिँदा के उपलब्धि भयो त ? डब्लुटीओमा गएको १५ वर्ष भयो के उपलब्धि भयो त ? विदेशी लगानीको सन्दर्भमा पनि एउटा समझदारी आवश्यक छ जस्तो लाग्छ । जुन क्षेत्रमा स्वदेशी लगानीकर्ताले गर्न सक्छन्, त्यो क्षेत्रमा विदेशी पूँजी ल्याएर ओपन छाडिदिने हो भने भोलि स्वदेशी लगानी स्वाहा हुन्छ ।
व्यापारघाटा कम गर्न के गर्ने ?
१२ भाग आयात गर्दा जम्मा १ भाग हामीले निर्यात गर्ने अवस्था बनिरहेको छ । व्यापारघाटा २ तरिकाले कम गर्न सकिन्छ । एउटा स्वदेशमा उत्पादन बढाएर र डिपेन्डेन्सी कम गरेर । अनि अर्को निर्यात गरेर । नेपालका उद्योगको उत्पादकत्व क्षमता बढाएर कस्ट घटाउन सक्यो भने देशमा उद्योग आउँछ । निर्यातको लागि पनि हामी फोकस्ड हुनुपर्छ । हामी हाइकस्ट इकोनोमीमा छौं । फोकस बढाउनुपर्छ । उदाहरणको लागि बंगलादेश अहिले विश्वको ठूलो गार्मेन्ट निर्यातकर्ता भएको छ । बंगलादेशमा जब ठूला राजनीतिक घटनाक्रम भए, एउटा कानून के बन्यो भने गार्मेन्ट इन्डस्ट्रिजमा बन्द हडताल गर्न नपाउने । हाम्रोमा द्वन्द्वकालमा सबै गार्मेन्ट उद्योग सखाप भए । कुनैपनि कमिटमेन्ट पूरा भएनन् । कुन–कुन उद्योगबाट नेपालले निर्यात बढाउन सक्छ, त्यस्तो उद्योगलाई सरकारले पहिचान गरेर त्यसमा रहेका चुनौतीलाई समाधान गरेर अगाडि बढाउन सक्यौं भने मात्र निर्यात सम्भव छ । देशमा पनि लगानीको वातावरण बनाउन धेरै सुधार गर्न जरुरी छ ।
समृद्ध नेपाल सुखी नेपालीको अभियानमा निजी क्षेत्र कहाँ ?
सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको नारा निजी क्षेत्रले पनि देखेको सपना हो । हामी निजी क्षेत्रसँग सहकार्य गरेर यो सपना साकार पार्न चाहन्छौं । समृद्ध नेपालको सपना निजी क्षेत्रसँगको सहकार्य नभइ सम्भव छैन ।
किनभने अहिले पनि हाम्रो अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ६० देखि ७० प्रतिशत छ । निजी क्षेत्रले जबसम्म लगानी गर्दैन, जबसम्म रोजगारी सिर्जना गर्दैन, हामी समृद्धिको सपना देख्न सक्दैनौं । यो सपना त हामी सबैले देखेका हौं । हामी सबैले आफ्नो जीवन कालमा नेपाललाई समृद्ध देख्न चाहन्छौं । हामी आफ्नैमा सुखी हुन चाहन्छौं ।
अभियान सफल बनाउन सरकारले निजी क्षेत्रलाई जुन विश्वासको वातावरण बनाउन सक्नुपर्थ्यो, त्यसमा कमी भएको देखेको छु । म उदाहरण दिन चाहन्छु जुन–जुन देशमा निजी क्षेत्रलाई विश्वास गरिएको छ, त्यो देशमा उन्नति र समृद्धि चाँडो आएको छ । जस्तो चाइनाको कुरा गरौं । चाइना कम्युनिस्ट देश भएपनि त्यहाँ समृद्धि आएको छ भने निजी क्षेत्रको लगानी र निजी क्षेत्रलाई विश्वास गरेर आएको छ । युरोपियन मुलुक, अमेरिका र भारतमा पनि निजी क्षेत्रलाई विश्वास गरिएको छ ।
हाम्रोमा विश्वासको कमी देखिएको छ । निजी क्षेत्र पन्चिङ ब्याक बनेका छौं । अनुगमनको नाममा निजी क्षेत्रलाई पेलेर आफ्नो नेतृत्व देखाउँछौं । हामी निजी क्षेत्रलाई अनुमगन गर्दा अनुसन्धानको तार्किक निष्कर्षमा पुग्नुअघि नै उनीहरुलाई एक्सपोज गरिदिन्छौं । दम्भ देखाउँछौं । यो सबैले गर्दा निजी क्षेत्रको मनोबल घटेको छ । त्यो कुरा निजी क्षेत्रलाई स्वीकार्य छैन । जीडीपीदेखि करको रेसियो छ । पूरै साउथ एसियामा नेपालको हाइ छ । त्यसले के देखाउँछ भने नेपालको निजी क्षेत्र साँच्चिकै कर तिर्न चाहन्छ । निजी क्षेत्र देश समृद्ध भएको देख्न चाहन्छ, विश्वास गर्नु पर्यो नि !
५ प्रतिशतले बदमासी गर्छन् होला तर ५ प्रतिशतले गर्दा ९५ प्रतिशतलाई बदनाम गर्न त मिल्दैन । समग्रमा नेपालको निजी क्षेत्र कर तिर्न चाहन्छ । त्यसको प्रमाण त हामीले दिइसकेका छौं । यस्तो निजी क्षेत्रलाई अविश्वासको वातावरण पैदा गरेर जुन हिसाबले पीडा दिइन्छ, मानमर्दन गरिन्छ, यो सबैले लगानीको वातावरण सुध्रिँदैन । यसमा ध्यान पुर्याउन जरुरी छ ।
नेपालीले काम नपाउने, उद्योगले कामदार नपाउने, तालमेल मिलेन ?
मलाई के लाग्छ भने ५० लाखको हाराहारीमा नेपाली युवायुवती देशबाट पलायन भएका छन् । उनीहरूले देशबाहिर नै अवसर खोजेका छन् । उनीहरूले पठाएको रेमिट्यान्सले हामीहरूको अर्थतन्त्र चलायमान भएको छ । देश बाहिर काम गर्न जाने कामदारले बाहिर धेरै कमाएका होलान् । नेपालमा पनि कामदारको तलब बढेको छ, अटोमेटिक एउटा यस्तो विन्दु आउँछ, नेपालमा काम गर्दा पनि त्यो म्याच गर्ने पोइन्टमा आउँछ । यति गर्दापनि धेरै कुरा मनोवैज्ञानिक हुँदो रहेछ ।
एउटा मलेसिया जाने कामदारले ३० हजार कमाउँछ भने नेपालमा पनि त्यति कमाउन सक्छ । नेपालमा त्यति कमाइ भएपनि उ यहाँ नबस्नुको कारण उसले फर्किंदा बल्कमा पैसा ल्याउँछ, जसले उ घरपरिवार र समाजमा हिरो हुन्छ । यही बसेर ३० हजार कमाउँदा उसको बचत हुँदैन । बाहिर जाँदा सेभिङ गर्ने प्रचलनले गर्दा समाजमा विदेश जाने मोह देखिएको हो ।
बिस्तारै देशमा नयाँ रोजगारीको सिर्जना गरिसकेपछि सायद यस्तो विन्दु आउँछ, नेपालीले विदेश होइन, आफ्नै देशमा श्रम गर्छन् । त्यो विन्दु त्यति सजिलै त आउँदैन, ओभरनाइट हुने पनि होइन ।
युवामा निराशा देखिएको बेला आशा जगाउन के गर्ने ?
मलाई के विश्वास छ भने नेपाल सम्भावनाको देश हो, ल्यान्ड अफ अपरचुनिटीको देश हो । त्यसका ५ वटा कारण छन् ।
पहिलो कारण हामी युथफुल कन्ट्री हौं । हाम्रो औसत एज २३ वर्ष रहेको छ । विश्वको सबभन्दा योङ कन्ट्री रहेका छौं । झण्डै ३ करोड जनसंख्या, त्यसको एभ्रेज एज २३ वर्ष । यो कम्बिनेसन विरलै पाइन्छ । जहाँ युथ हुन्छ, त्यहाँ नयाँ काम गर्न सकिन्छ । जहाँ युथ हुन्छ, त्यहाँ इनर्जी हुन्छ । त्यो नेपालमा छ जस्तो लाग्छ ।
दोस्रो कुरा, नेपालको अहिलेको प्रतिव्यक्ति आय झण्डै १ हजार ५० जस्तो पुग्न थालिसकेको छ । १ हजार ५० पनि समावेशी छ । त्यसले गर्दा नेपालमा जुन ग्रोथ रेट छ, नेपालमा त्यो स्टेबल तरिकाले अगाडि बढ्छ भन्ने मलाई विश्वास छ । यो एउटा ठूलो अवसर पनि हो । किनभने १ हजार डलर पुगेपछि मानिसले अरु–अरु चिजमा खर्च गर्न थाल्छ । जस्तै राम्रो लुगामा, राम्रो खानामा, घर बनाउनमा, गाडीमा, अरु लक्जरी सामानमा खर्च गर्न थाल्छ । बेसिक नीड हजार डलरले पुर्याउँछ, यसबाट क्रमशः गर्दा बजारमा ठूला सम्भावना बढ्छन्, डिमान्ड धेरै बढ्न सक्छ ।
अहिले काठमाडौंमा रेस्टुरेन्ट हेर्नुस् त ! पहिला कति थिए, जतिबेला ४ सय डलर हुँदा । जताततै रेस्टुरेन्ट खुलेका छन् । पूरै फुल छन् । काठमाडौंमा होइन, बाहिर शहरमा जानुस् । दुर्गमका जिल्लामा पनि रेस्टुरेन्ट खुलेका छन्, त्यहाँ चलेका छन् ।
तेस्रो अबसरको कुरा गर्दा पर्यटन हो । पर्यटनको कुरा गर्दा गत वर्ष १० लाख आएका थिए, अहिले २० लाख ल्याउने लक्ष्य राखेका छौं । भियतनाममा के छ र ? त्यहाँ वार्षिक करोडभन्दा बढी पर्यटक आउँछन् । हाम्रोमा पहाड छ, हिमाल छ, वाइल्ड लाइफ छ, कल्चर छ । हामी १० लाख ल्याउँछौं । हामीले १० लाखलाई २० लाख र २० लाखलाई ५० लाख पुर्याउन सके अझ १० देखि २० लाख रोजगारी सिर्जना गर्न सक्छौं । विश्वले हामीलाई मर्नुभन्दा अगाडि जानुपर्ने देश भनेर चिन्छ । त्यो एडभान्टेज त लिउ न । यो सम्भावना देखेको छु ।
अर्को धेरैजसो सामान इम्पोर्ट गर्र्छाैं । त्यसलाई स्वदेशमै उत्पादन गर्न सक्छौं । बजार छ । बायोडाइभर्सिटी छ, मैले धेरै अपरचुनिटी देखेको छु । भारत र चीनको प्रोक्सिमिटीको सिजर्नी त नेपालमा आउँछ होला नि ! हाम्रो छिमेकी धनी हुँदा फाइदा लिन सक्छौं नि ! चीनबाट अब सबभन्दा धेरै पर्यटक आउन थालेका छन्, त्यो अपर्चुनिटीलाई क्याच गर्न सकिन्छ । गाउँमा होमस्टे बनेका छन् । यो एउटा युनिक एक्सीपेरेन्स हो । यो देशमा अवसर छ, बुद्धि लगाएर काम गर्न सकेमा आफैं स्वरोजगार भएर धेरै काम गर्न सक्छौं जस्तो लाग्छ ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...