झापाबाट १३ लाखभन्दा बढीको सुपारी बरामद

झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट रु १३ लाखभन्दा बढीको सुपारी बरामद भएको छ ।

आज बिहान जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले चार हजार ६२० केजी अन्दाजी रु १३ लाख ८६ हजार बराबरको सुपारी बरामद गरेको हो ।


Advertisement

अवैध रूपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको सुपारी बरामद गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


Advertisement

कमेन्ट गर्नुहोस्