×

NMB BANK
NIC ASIA

खिमविक्रमको संसद् यात्रा : अघिल्लोपटक गाउँपालिकामा हार, यसपटक प्रदेशसभामा जीत

मंसिर १६, २०७६

NTC
Premier Steels

साढे दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तारानाथ पौडेलसँग गाउँपालिका अध्यक्ष पदमा ७०० मतले पराजित राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य खिमविक्रम शाही प्रदेशसभा निर्वाचनमा भने विजयी भएका छन् ।

Muktinath Bank

शाही प्रदेशसभाका लागि वाम गठबन्धनको उम्मेदवार थिए । बागलुङ क्षेत्र नं। २ (ख) मा तत्कालीन आम निर्वाचनमा प्रदेशसभामा निर्वाचित टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगले निधन भएपछि एक वर्षदेखि पद रिक्त थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार भएको निर्वाचनमा शाहीले काँग्रेसका जितबहादुर शेरचनलाई पराजित गरेका हुन् । शाहीले ११ हजार २३५ र शेरचनले नौ हजार १३८ मत पाए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहेका शाही विद्यालय तहमा पढ्दापढ्दै २०४० सालमा अखिल छैटौँको राजनीतिमा लागे । त्यसपछि उनी विद्यार्थी सङ्गठन हुँदै युवक सङ्गठनमा पनि सक्रिय भएर काम गरे ।

Vianet communication

विसं  २०५२ मा राजमोको जिल्ला कमिटी सदस्यमा नियुक्त भएका शाही तीन कार्यकालसम्म जिल्ला सदस्यमै रहे । गत अधिवेशनमा सचिवालय सदस्यमा पुगेका शाही प्रदेशसभा निर्वाचनमा विजयी भए ।

स्थानीय तहमा पराजित भए पनि निरन्तर सङ्गठनमा लागेको र जनतासँगै एकाकार भएकाले विजयको माला पहिरिन सफल भएको उनको प्रतिक्रिया छ ।

उसो त उनी प्रभा माध्यमिक विद्यालयमा शिक्षक हुँदाको सम्बन्धले पनि गण्डकी प्रदेशसभामा पुग्नलाई बाटो खुलेको बताउँछन् ।

निर्वाचनमा शाहीले कृषिको विकास र आधुनिकीकरणमा भूमिका खेल्ने योजना बनाएका छन् । पश्चिम बागलुङमा उनको यही योजना बिकेको छ ।

पश्चिम बागलुङको पुरानो खेती तथा कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, त्यस क्षेत्रमा शिक्षा र सञ्चारको पहुँच पुर्‍याउनेलगायतका काम गर्ने उनका चुनावी नारा थिए । 

संघीयताविरोधी राजमो र सङ्घीयता पक्षधर नेकपाबीचको तालमेलबाट निर्वाचित भएकाले यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने चाहीँ हेर्न बाँकी रहेको पश्चिम बागलुङका मतदाताको भनाइ छ ।

लामो समय सर्वसाधारणको तहमा भिजेका शाहीबाट पश्चिम बागलुङले धेरै आशा गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x