×

NMB BANK
NIC ASIA

भेरी बबईबाट कर्णालीलाई ५० प्रतिशत रोयल्टी दिने मन्त्री पुनको भनाई

मंसिर १६, २०७६

NTC
Premier Steels

नेपाल सरकारका उर्जामन्त्री वर्षमान पुनले कर्णालीका जनतालाई भेरी बबई आयोजनाबाट उत्पादित विजुलीबाट वार्षिक रुपमा ५० प्रतिशत रोयल्टी दिने घोषणा गरेका छन् ।

Muktinath Bank

सोमवर सुर्खेतमा आयोजनाको मुहानको ड्याम शिलान्यास गर्न आइपुगेका मन्त्री पुनःले कर्णालीका जनताकै लागि आयोजना बनाइने र कुल गार्हस्थ उत्पादनको एक प्रतिशत बढ्ने भएकाले मन सानो नगर्न स्थानीयलाई आग्रह गरेका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पाँच अर्बको विद्युत उत्पादन हुने, ४० प्रतिशत यहाँको पैसा डुब्नेछ,' उनले भने,  'सबै कर्णालीका जनताको आयोजना हुनेछ । भेरीको पानीको अग्राधिकार शेयरमार्फत सुनिश्चित हुने गरी कम्पनी अगाडी बढाएका छौं । प्राकृतिक श्रोतबाट आउने रोयल्टीबाट आउने २५ प्रतिशत स्थानीय तह, २५ प्रतिशत प्रदेश सरकारलाई आयोजना बनेपछि रोयल्टी आउनेछ । यो आयोजना तपाइहरुको आन्तरिक श्रोत हुने र तपाइहरुकै आयोजना भएका कारण आयोजनालाई जतिसक्दो चाँडो बनाउन सहयोग गर्नुस ।’


Advertisment
Nabil box
Kumari

उनले कर्णालीका जनताको विद्युत उत्पादनमा कम्तीमा पनि ६ अर्ब लगानी गर्ने गरी आयोजना अघि बढेको बताए । विद्युतको १४ अर्ब लगानी मध्ये प्रदेशको २ अर्ब ८० करोड, १ अर्ब ४० कर्णालीका स्थानीय जनताको, कर्णालीका स्थानीय तहको १ अर्ब ४० करोड, स्थानीय तहको ७० करोड गरि ६ अर्ब बराबरको रुपैंया कर्णालीको लागत हुने गरि आयोजना अघि बढेको हो ।

Vianet communication

'१५ देखि २० प्रतिशत लाभ दिने गरि आयोजना अघि बढाएका छौं । त्यसैले तपाइहरु मन सानो नगर्नुस,’ उनले भने, 'स्थानीय, नगरप्रमुखहरु ३४ अर्ब रुपैंया नेपाली जनताको पैसा हो । झापाका जनताको पनि लगानी छ । कसैको गाउँमै आयोजना नपर्न पनि सक्छ । एअरपोर्ट नबन्न सक्ला । कतै पानीको, विजुलीको, स्वास्थ्य चौकीको विकास नहुन सक्छ । न्यायोचित रुपमा हामी विकास गर्छौं ढुक्क हुनुस ।’

 उनले थपे, ‘कर्णालीका अव्यवस्थित बस्तीको कार्यक्रम बढायो, काठमाडौंले लाभ लिँदैन । अर्को ठाउँमा अर्को अर्को लाभको काम गर्छौं । अधिकतम लाभ यहाँ जनताले पाउनुपर्नेमा हामी चिन्तित छौं ।’

उनले भेरी बबई डाइभर्सन आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको कमी हुन नदिने बताए । उनले प्रभावित क्षेत्रका जनतालाई लालपुर्जा भएकालाई शतप्रतिशत मुआव्जा, रातो लालपुर्जा नभएकालाई ९० प्रतिशत, अव्यवस्थित बसोबास गरिरहेकाहरुलाई ६० देखि ७० प्रतिशत मुआव्जा दिने गरि अघि बढिएको बताए ।

बसोबास स्थान नै नभएको खण्डमा अर्को ठाउँमा बस्न मिल्ने गरि मुआव्जा दिनुस भनेर आयोजना प्रमुखलाई निर्देशन दिइसकेको उनको भनाई थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x