×

NMB BANK
NIC ASIA

खानेपानीको मौलिक हक कसले कार्यान्वयन गर्ने ? तीनै सरकारलाई जिम्मेवारी तोक्न आवश्यक

मंसिर १६, २०७६

NTC
Premier Steels

जनताले स्वच्छ खानेपानी पाइने भन्ने अधिकारलाई मौलिक अधिकारको रुपमा संविधानमा नै प्रष्ट लेखिएपनि उक्त हक कसले कार्यान्वयनमा लैजाने भन्ने अन्यौल हुँदा जनताले अधिकार प्रयोग गर्न नपाएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

Muktinath Bank

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल तथा प्रदेश महासंघ कर्णाली प्रदेशको आयोजना र युनिसेफ नेपालको सहयोगमा सोमबार खानेपानीतथा सरसफाइ क्षेत्रको अवस्थाः नीतिगत अवस्था तथा अधिकार विषयक प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै सहभागिहरुले उक्त गुनासो गरेका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालको संविधानको धारा ३५ को उपधारा (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकको रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले संघ, प्रदेश र स्थानीय तहले खानेपानी र सरसफाइ सम्बन्धि कानून निर्माण  गरी नागरिकको आधारभूत खानोपनीको हकलाई सम्मान, संरक्षक र परिपूर्ति गर्नु पर्ने उल्लेख छ,’ प्रशासकीय अदालतका अध्यक्ष एवम नेपाल सरकारका पूर्व सचिव काशीराज दाहालले भने ।


Advertisment
Nabil box
Kumari

संघ, प्रदेश तथा स्थानीय सरकारले खानेपानी तथा सरसफाइ सम्बन्धि कानून बनाउँदा एक अर्का विच समन्वय गरी जनतालाई निरन्तर, पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने कुराको सुनिश्चता गर्ने, यसैगरी जीवनको  अधिकारसंग जोडिएको सरसफाइको विषयलाई विशेष ध्यानदिई कार्यक्रम बनाइ लागू गर्ने, संघ, प्रदेश र स्थानीयतहको साझाअधिकारको विषयमा कानूनले स्पष्ट बर्गिकरण गरी जिम्मेवारी तोक्न आवश्यक रहेको उनको भनाइ छ ।

Vianet communication

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समुहका अध्यक्ष कुलमणि देवकोटाले पानीका मुहानहरुको संरक्षण गर्ने, पानीको स्रोतहरुको संरक्षण र सदुपयोगका निम्ति जनतामा चेतना अभिबृद्धि गर्न प्रदेश र स्थानीय सरकारले विशेष नीति र कार्यक्रम बनाएर लागू गर्नुपर्ने सुझाव दिए ।

‘खानेपानी सेवा उपलब्ध गराउने जिम्मेवारी संविधानले प्रदेश सरकारलाई तोकको सम्बन्धमा प्रदेश सरकारले पर्याप्त र गुणस्तरीय खानेपानी उपलब्ध गराउने विशेष आयोजनाहरुको निर्माण गर्ने, संघ र स्थानीय तहसंग समन्वय गरी सबैका निम्तिपानीमापहुँचको अधिकारलाई लागू गर्ने गराउन आवश्यक छ,' अध्यक्ष देवकोटाले भने, ‘यसै गरी स्थानीय तहले आधारभूत खानेपानीको व्यवस्था गर्न सोही अनुरुपको नीति र कार्यक्रम संचालन गर्ने, स्थानीय तहहरु बीच सरसफाइका सम्बन्धमा एकरुपता हुने गरी आवश्यक समन्वय गरी कार्यक्रम संचालन गर्न पर्ने मैले देखेको छु ।’

संविधानद्धारा प्रदत्त खानेपानी तथा सरसफाइ सम्बन्धि नीति अनुरुप पानीको अधिकारलाई  प्रभावकारी रुपमा प्रचलन गराउन सोही अनुरुपको संयन्त्रको निर्माण आवश्यक रहेको प्रदेश सभा सदस्य एवम प्राकृतिक स्रोत तथा साधन समितिका अध्यक्ष अम्मर बहादुर थापाले बताए ।

प्राविधिक जनशक्तिको उचित व्यवस्थापन, प्रभावकारी अनुगमन प्रणाली, नागरिक समाज, संवन्धित गैरसरकारी संघ संस्थाको विज्ञता र अनुभवका निम्ति सहकार्य गर्ने जस्ता कार्यहरु गरी नागरिकको खानेपानीतथा सरसफाइमा सुलभ पहुँचको अधिकारलाई सुनिश्चित गर्न आवश्यक छ, थापाले भने ।

कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपाली, विधायन समितिका अध्यक्ष पदमबहादुर रोकाया, नेकपा संसदीय दलका सचेतक सीता नेपाली, विभिन्न स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x