तेह्रौँ साग - लनटेनिसतर्फ नेपाल सेमिफाइनलमा

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत लनटेनिसको समूहगत स्पर्धाम नण्ेपाल पुरुष र महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएको क्वाटरफाइनल खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले हराउँदै सेमिफाइनल पुगेको हो । पुरुष एकलमा नेपालका प्रणव खनालले बङ्लादेशका मोहम्मद आलमगिरलाई ६–० र ६–१ अङ्कले हराए ।


Advertisement

यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयसँग पहिलो सेट २–६ अङ्कले गुमाए पनि दोस्रो सेटमा ६–२ अङ्कले जिते । अन्तिम सेटमा रोय घाइते भएपछि उनले नेपाललाई सेमिफाइनलमा पु¥याएका हुन् । डबल्सतर्फ नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाले । उनीहरुले नेपाललाई ३–० को जित दिलाए ।

अब नेपालले सेमिफाइनलमा भारतसँग प्रतिष्पर्धा गर्नेछ । यस्तै पुरुष एकलतर्फ भुटानले माल्दिभ्सलाई ३–० ले हरायो । भुटानका पेमा नोर्बुले माल्दिभ्सका अबदुल्ला फजिललाई ७–६ र ५–५ अङ्कले हराए । त्यस्तै भुटानका तान्डिन वाङ्चुकले माल्दिभ्सका इग्नाज मन्सुरलाई ६–२ र ६–४ अङ्कले पराजित गरे ।


Advertisement

डबल्सतर्फ भुटानका निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले माल्दिभ्सका नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६ अङ्कले हराए । भुटानले सेमिफाइनल पाकिस्तानसँग खेल्नेछ । यस्तै पाकिस्तानले श्रीलङ्कालाई २–१ ले हरायो । एकलतर्फ पाकिस्तानका अइसम उल हक कुरेसीले श्रीलङ्काका शर्मल दिसानायकेलाई ६–७, ६–४ र ६–४ अङ्कले हराए ।

अर्को एकलमा श्रीलङ्काका दिनेश कान्तन थरङ्गराजले पाकिस्तानका अकिल खानलाई ६–१ र ६–० अङ्कले पराजित ग¥यो । यसैगरी डबल्सतर्फ पाकिस्तानका मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले श्रीङ्काका सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ अङ्कले हरायो ।

यस्तै महिला समूहगत स्पर्धामा नेपाल र श्रीलङ्का सेमिफाइनल प्रवेश गरेका छन् । नेपालले माल्दिभ्सलाई ३–० ले हरायो ।

 

कमेन्ट गर्नुहोस्