महिला भलिबल : नेपाल-भारतबीच तीव्र प्रतिस्पर्धा, इतिहास रच्ने मौका

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ नेपाल र भारत खेलिरहेका छन् । 

मंगलवार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा जारी खेलमा नेपालले २ सेट जितिसकेको छ । भारतले एक सेट जितेको छ । 


Advertisement

पहिलो सेट १७-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२१ ले जित्यो । यससँगै नेपालले नेपालले २-१ काे अग्रता  लिएकाे छ ।

अब एक सेट नेपालले जितेमा महिला भलिबलमा इतिहास रचिनेछ । नेपालले स्वर्ण थप्नेछ । 


Advertisement

औपचारिक उद्घाटनअघि नै शुरू भएको प्रतियोगितामा नेपाल नेपाल समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । 

सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेसँगै नेपालले रजत पदक पक्का गरिसकेको छ । 

कमेन्ट गर्नुहोस्