×

NMB BANK
NIC ASIA

दाङमा १६ जनाको जमानत जफत, 'कांग्रेस बीपी'का उम्मेदवारको जम्मा २ मत

मंसिर १७, २०७६

NTC
Premier Steels

दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो ।

Muktinath Bank

मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन क्षेत्रमा २४ हजार २८६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विमला खत्री (ओली) विजयी भएकी थिइन् भने नेपाली काँग्रेसका केशवराज शर्मा (आचार्य)ले १९ हजार १८२ मत ल्याएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । राप्रपाका भुपाल रावतले २२५, राप्रपा संयुक्त छोटीलाल थारूले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन् भने काँग्रेस बिपी पार्टीका दीपककुमार धितालले दुई मत प्राप्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा ४५ हजार ७१८ मत खसेको थियो । निर्वाचनमा ७९७ मत बदर भएको थियो । निर्वाचनमा सदर मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन ।

Vianet communication

दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा जम्मा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो । त्यस्तै घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको छ । सात जनाले उम्मेदवारी दिएकामा नेपाली काँग्रेसका ताराबहादुर डाँगीले एक हजार २२२ मत ल्याएर विजय भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुरेशबहादुर केसीले एक हजार ११७ प्राप्त गरेका छन् । साथै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत ल्याएका थिए । यीबाहेक अन्य त्यस्तै विमला पुन (सङ्घीय समाजवादी) ३१, प्रकाश केसी (राप्रपा) १९, पहलमान आलेले (नेशनल मङ्गोल) ३०, समीर वली (स्वतन्त्र) २३ मत खसेको उनी चारैजनाको भने जमानत जफत भएको छ ।

घोराही–१६ मा खसेको तीन हजार २२६ मतमा ६८ बदर भएको थियो । सोही मतको दश प्रतिशत ३१६ हुन आउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x