×

NMB BANK
NIC ASIA

मोबाइलबाट ढोका खुल्ने ठमेलको पाँचतारे होटल ...

मंसिर १८, २०७६

NTC
Premier Steels

ठमेलले आफूलाई पर्यटकीय स्थलको रूपमा परिचित गराइसकेको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरूले रोज्ने पहिलो स्थान पनि ठमेल नै हो । ठमेलले नै नेपालीलाई विदेशको रात्रिजीवनबारे परिचित गराएको छ । 

Muktinath Bank

पर्यटकीय हब भनेर चिनिने ठमेलमा स्तरीय पर्यटकका लागि पाँचतारे होटलको अभाव खड्किएको अनुभव नेपालीहरूले गरिरहेका थिए । वरपरका क्षेत्रमा भेटिएपनि ठमेलमै चाहिँ पाँचतारे होटल थिएनन् । त्यो अभावलाई पूर्ति गर्दैछ, भर्खरै सञ्चालनमा आएको अलफ्ट काठमाडौंले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत जुलाई १७ देखि आंशिक सञ्चालनमा आएको होटल यसै वर्षको अन्त्यसम्ममा पूर्ण सञ्चालनमा आइसक्नेछ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

औपचारिक उद्घाटन नहुँदै होटल भने खचाखच भरिन थालेको देखिन्छ । नोभेम्बर महिनामा होटलको अकुपेन्सी दर ८७ प्रतिशतभन्दा माथि छ । अमेरिकी होटल कम्पनी म्यारियटको भगिनी संस्थाको रूपमा अलफ्ट विश्वविख्यात होटल चेन हो ।

ठमेलको व्यस्त भीडभाडबाट होटलमा पस्दा र होटलको लबीमा पुग्दा वेग्लै आनन्द अनुभव हुन्छ ।

विभिन्न विशेषता सहितका १६७ कोठा

आधुनिक भवन र सुविधासहित सञ्चालनमा आएको अलफ्ट होटलमा विभिन्न विशेषता सहितका कोठाहरू छन् । होटलमा १ सय ३ वटा लफ्ट किङ, ४९ वटा लफ्ट ट्विन रूम, ७ वटा सेभी सुइट, ६ वटा ब्रेजी सुइट र २ वटा एक्सेसेबल रूम छन् । बजारको माग अनुसार पीक सीजनमा यसको मूल्य बढ्छ भने सामान्य अवस्थामा घट्छ । 

होटलको लिफ्टदेखि रूमसम्म सबै अत्याधुनिक छन् । मोबाइल कीबाटै होटलका रूमका ढोका खुल्छन् । यसका लागि मोबाइलमा अलफ्टको एप डाउलोड भएको र सदस्यता लिएको हुनुपर्छ । 

‘हरेक कोठामा उज्यालो छिर्छ र सबै कोठाबाट काठमाडौंको कुनै न कुनै भ्यू (रमणीय दृश्य) देख्न सकिन्छ, यो हाम्रो विशेषता हो,’ मार्केटिङ एक्जेक्युटिभ खाण्डो गुरुङले भनिन् ।

पाँचतारेमा नेपाली परिकार

अलफ्टले आफ्ना पाहुनाका लागि नेपाली मौलिक परिकारको पहिचान गराउन हप्ताको निश्चित बार तोकेर ब्रेकफास्टमा सेलरोटी र बारा राख्न थालेको छ । 

‘भविष्यमा हामी अरू पनि नेपाली परिकारलाई समावेश गर्ने योजनामा छौं, त्यसका लागि खानाको परिकारको छनोट गरिरहेका छौं,’ होटलकी मार्केटिङ एक्जेक्युटिभ लक्ष्मी बस्यालले लोकान्तरसँग भनिन् । 

पछिल्लो समय काठमाडौंका पाँचतारे होटलमा नेपाली खाना मेनुमा समावेश हुन थालेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि आयोजना गरिएको रात्रिभोजमा पनि ममदेखि बारासम्मका परिकार समावेश गरिएका थिए । विदेशी पर्यटकले बारा र सेलरोटी मनपराएको होटलका कर्मचारीले बताए । 

अलफ्टले हालै मात्र नेपालमा कश्मीरी फूड फेस्टिवलको आयोजना गर्‍यो । कश्मीरी खानाको स्वाद चाख्नको लागि नेपाली र भारतीय नागरिकको घुइँचो लाग्यो । कश्मीरी फूड फेस्टिवलका लागि सेफ सञ्जय राइना नेपाल आएका थिए । 

होटलले दाल, भात, तरकारी सहितको नेपाली थाली पनि परिकारमा राखेको छ । पाँचतारे होटलमा खाना खान आउने नेपाली ग्राहकका लागि लक्षित गरेर नेपाली थाली राखिएको व्यवस्थापनले जनाएको छ । 

होटलमा ब्रेकफास्टको १५ सय रुपैयाँ प्लस भ्याट र सर्भिस चार्ज छ भने लन्च या डिनरको मूल्य भ्याट र सेवा शुल्क बाहेक २२ सय रुपैयाँ छ ।

सम्भवतः नेपालकै भव्य र सुविधायुक्त कन्फरेन्स हल, छतमा स्वीमिङ पूल

गोष्ठी, सेमिनार, विवाह, व्रतवन्ध वा यस्तै सामाजिक कामका लागि होटलमा आधुनिक र सुविधायुक्त सेमिनार हलको व्यवस्था गरिएको छ । संकलन नाम दिइएको हलमा एकैपटक ५ सय ५० जनालाई रिसेप्सन पार्टी आयोजना गर्न सकिने होटलको भनाइ छ । साना मीटिङका लागि ट्याक्टिक नाम गरेका दुईवटा हल छन् । 

डेलाइट आउने सेमिनार हल कार्यक्रम आयोजकका लागि आकर्षणको केन्द्र बनेको छ ।

होटलको १४ औं तल्ला अर्थात् छतमा पौडीपोखरी छ । जाडो मौसममा तातो पानी र गर्मी मौसममा चिसो पानीमा पौडी खेल्न सकिने सुविधा छ । पौडीपोखरीको साइडमा अकुरा बार छ, जहाँ बसेर आराम गर्न सकिन्छ । 

अन्य पाँचतारे होटल भन्दा अलफ्ट कसरी फरक छ ? मार्केटिङ एक्जक्युटिभ बस्याल भन्छिन्– ‘अलफ्ट एउटा म्यारियट इन्टरनेसनल ब्रान्ड भयो, पहिलो त यसको नामै काफी छ । अन्तर्राष्ट्रिय होटल भन्दाबित्तिकै मैले यहाँ आएर राम्रो सर्भिस पाउँछु र सुरक्षित रूपमा बस्न सक्छु भनी ग्राहकलाई विश्वास हुन्छ । ठमेल जस्तो लोकेसनमा कुनै पनि इन्टरनेसनल चेन खोल्नु भनेको ठूलो कुरा पनि हो नि ।’

खानाको परिकार पनि अलफ्टको आकर्षक भएको उनको भनाइ छ । ‘हामीसँग अनुभवी एक्जेक्युटिभ सेफ शैलेन्द्र सिंह र एक्जेक्युटिभ सु सेफ राजीव श्रेष्ठ हुनुहुन्छ । ग्राहकहरूले यहाँको खानाको प्रशंसा गर्छन्,’ गुरुङले भनिन् । अलफ्टमा आउने ग्राहकले होटल छिरिसकेपछि सजिलो महसूस गर्ने उनको अनुभव छ । 

अलफ्ट डेस्टिनेसनमा नेपालको परिचय 

अलफ्टले आसन्न नेपाल भ्रमण वर्ष सन् २०२० को प्रचारका लागि अलफ्ट होटलको विश्वव्यापी सञ्जालमा नेपालको परिचय देखाउने सामग्री प्रसारण गरेको छ ।

‘हाम्रो होटलको विज्ञापन नभएर नेपालको प्रचार भएको छ,’ बस्यालले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x