×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओली निवास फर्किंदाको दृष्यः ओरेन्ज ज्याकेट, अनुहारमा मन्द मुस्कान !

मंसिर १९, २०७६

NTC
Premier Steels

दश दिन लामो अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार अपराह्न निवास फर्किएका छन् ।

Muktinath Bank

पेट दुखेपछि मंसिर १० गते बिहान अस्पताल भर्ना भएका ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालले डिस्चार्ज गरेपछि प्रधामनन्त्री ओली आत्मविश्वासका साथ मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका हुन् ।


Advertisment
Nabil box
Kumari

ओरेन्ज कलरको ज्याकेट लगाएर अस्पतालबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए–‘पूर्ण रूपमा स्वस्थ भएर अस्पतालबाट घर फर्किंदैछु ।’

Vianet communication

तस्वीर सौजन्य : गोरखापत्र

त्रिवि शिक्षण अस्पताल परिसर महराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अघिल्लो मंगलवार बिहान ओलीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो ।

शुरूको दिन इलेक्टिभ भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

अस्पतालमा रहँदा ओलीको मिर्गौलाको डायलासिस समेत गरिएको थियो ।

ओलीको आत्मविश्वासको चिकित्सकहरूले प्रसंशा समेत गरेका थिए ।

मिर्गौला प्रत्यारोपणको चर्चा चलिरहेको समयमा एक्कासि एपेन्डिक्सको शल्यक्रिया गर्नुपरेका कारण मिर्गौला प्रत्यारोपणको समय भने केही पछि धकेलिने भएको छ ।

शल्यक्रिया गरेका बिरामीले कम्तिमा ३ महिना प्रत्यारोपण गर्न नमिल्ने चिकित्सकहरू बताउँछन् ।

ओलीलाई डिस्चार्ज गर्दै अस्पतालले जारी गरेको विज्ञप्तिमा केही दिन आराम गर्नुपर्ने भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

डिस्चार्ज हुनुपूर्व प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार पनि अस्पतालमा भेटेकी थिइन् ।

गत बिहीवार पनि भण्डारीले अस्पताल पुगेरै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थावारे जानकारी लिएकी थिइन् ।

अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीले थप केही दिन आराम गर्नुपर्ने भएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा केहीदिन आराम गर्नुपर्ने उल्लेख छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले डेढ आराम गर्नुैपर्ने बताएका छन् । धनगढी पुगेका प्रचण्डले बिहीवार उक्त कुरा बताएका हुन् ।

ओली अस्पतालमा रहेको समयमा बुधवार नेकपा सचिवाल बैठक समेत बसेको थियो । प्रधानमन्त्रीको अस्वस्थताका कारण नेपाल सरकारको नियमित मन्त्रिपरिषद् बैठक पनि बस्न सकेको छैन । 

अस्पताल रहँदा स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि सोमवार ओलीले अस्पतालबाटै भिडियो सन्देश समेत जारी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x