×

NMB BANK
NIC ASIA

रोकिइनन् गौरिका

मंसिर २०, २०७६

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएपछि गौरिका सिंहले भनिन्, ‘धेरै मान्छेले मलाई तिमी बाहिर बस्ने हो, नेपाली होइन भन्छन् । म त नेपाली हुँ । यो मेडल नेपाललाई नै हो ।’ 

Muktinath Bank

सातदोबाटोमा अन्तिम समयमा तयार पारिएको हिटिङ सिस्टमको नयाँ स्विमिङ पुलमा स्वर्ण जितेपछि गौरिकाले दिएको प्रतिक्रिया धेरैका लागि सांकेतिक जवाफ थियो । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाली टिमले रिलेमा कांस्य पनि हात पार्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली पौडी क्षेत्रकै धेरैले उनलाई प्रतिस्पर्धाको अवसरबाट रोक्ने प्रयास गरेका थिए । सानोमै बाआमासँग लन्डन पुगेकी उनी उतै बस्छिन् । पढ्छिन् । स्विमिङ ट्रेनिङ गर्छिन् । स्कुल, कलेज बिदा हुँदा र पौडी प्रतियोगिताका बेला स्वदेश आउँछिन् ।
११ वर्षको छँदै सनसनीपूर्ण प्रदर्शन गर्दै गौरिकाले आठ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । २०७१ साउनको त्यो राष्ट्रिय खुला पौडीले ठूलै हलचल ल्यायो । उनी नियमित रूपमा प्रतियोगिता खेल्न आइन् । १२ औं सागमा तीन वर्षअघि १ रजत र ३ कांस्य जित्दै व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली स्विमर भइन् । एकपछि अर्को कीर्तिमान बनाइरहिन् । सफलताले कथा बुनिरहेकै बेला उनीविरुद्ध पौडी जगत्मा भने ठूलै चलखेल भयो ।


Advertisment
Nabil box
Kumari

उनलाई प्रतिस्पर्धा गर्न नदिन अरू खेलाडीका अभिभावकले हस्ताक्षर अभियान नै चलाए । पौडी संघले सीमित स्पर्धामात्रै खेल्न पाउने नियम ल्यायो । तर, गौरिका रोकिइनन् । उनले २ मिनेट ५.०६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउँदै बिहीबार २ सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी हुन् । त्यसक्रममा उनले भारतकी सिवांगी शर्मालाई २.१३ सेकेन्डले पछाडि पारिन् । पाँच देशका आठ खेलाडी सहभागी स्पर्धामा जनुयना अहमद (२ः१२.८३) ले कांस्यपदक हात पारिन् । गौरिकाले हिटमा बनाएको २ मिनेट ९.१९ सेकेन्ड पनि गत वर्ष आफैंले बनाएको राष्ट्रिय कीर्तिमानको बराबरी हो । ‘दर्शकको सपोर्ट एकदमै राम्रो भयो । समय पनि सोचेभन्दा राम्रो आयो,’ १७ वर्षीया उनले भनिन् ।

Vianet communication

रियो ओलम्पिक २०१६ मा दस हजारभन्दा बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडीका रूपमा चर्चित गौरिकाले १३ औं सागको स्वर्णबारे भनिन्, ‘मेरो त सातो उड्यो । सबैले खुसियाली मनाए, जसलाई म वर्णन नै गर्न सक्दिनँ । जस्तो ओलम्पिक, त्यस्तै महसुस भयो ।’ उनले १२ औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्ले रजत, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टाइलमा कांस्य हात पारेकी थिइन् ।

‘जहिले पनि हार हुन सक्छ,’ प्रतिस्पर्धाबारे उनले भनिन्, ‘आफ्नो उत्कृष्ट दिने प्रयास मात्रै गर्न मिल्छ । आज मैले त्यो गरेँ । जित्नका लागि मेरो उत्कृष्ट प्रयास पर्याप्त भयो । खुसी छु ।’ बुबाआमासँगै लन्डनबाट सोमबार काठमाडौं आइपुगेकी उनले थपिन्, ‘मैले जितेको पदक नेपाल र मेरा अभिभावकलाई समर्पित गर्छु ।’ उनले चार गुणा ४ सय मिटर फ्रिस्टाइल रिलेमा डुआना लामा, टिसा शाक्य र अनुसिया तन्डुकारसँगै ४ मिनेट १२.१७ सेकेन्डका साथ कांस्य हात पारिन् ।

घरेलु टिमले राष्ट्रिय कीर्तिमान बनाएको यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जिते । १३ वर्षीया डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट
४४.६८ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित रजतपदक हात पारिन् ।

गौरिकाले सागमा केन्द्रित भएर लन्डनस्थित क्याम्देन स्विस कटेज स्विमिङ क्लबमा प्रशिक्षक एडम टेयलरसँग तयारी गरेकी थिइन् । उनले सातामा १८ घण्टासम्म (नौ सेसन) अभ्यास गरिन् । उनी विशेषगरी ब्याकस्ट्रोक र फ्रिस्टाइलमा राम्रो मानिन्छिन् । उनको रोजाइ मध्यम दूरीका स्पर्धाहरू हुन् । यो सागमा उनको नाम नौ व्यक्तिगत र ३ टिम स्पर्धामा दर्ता गरिएको छ । शुक्रबार २ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । दुई स्पर्धा सँगसँगै परेकाले उनले ४ सय मिटर इन्डिभिज्युअल मिड्ले भने छाड्ने बताइएको छ ।

अरू स्पर्धाबारे उनले भनिन्, ‘भोलि राम्रो हुन्छ कि हुँदैन, थाहा हुँदैन । म राम्रो गर्ने प्रयास गर्नेछु ।’ ‘सर्ट कोर्स’ को नयाँ पुलबारे उनले भनिन्, ‘पुल एकदम राम्रो छ । बेलायतको जस्तै । चिसोमात्रै बढी हो । अरू सबै ठीक छ । राम्रो छ ।’ आफ्ना समर्थकबारे बोलिन्, ‘अनौठो लाग्छ, मेरा फ्यान पनि छन् । म अरू मान्छेको फ्यान हो, मेरा फ्यान पनि छन् र ? जस्तो लाग्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x