×

NMB BANK
NIC ASIA

बिग मर्जरपछि विदेशमा शाखा खोल्ने ग्लोबल आईएमई बैंकको योजना

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् ।

Muktinath Bank

सिड्नीमा आयोजित एक अन्तर्क्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गैरआवासीय नेपालीको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउने बताए । उनले हाल अस्ट्रेलिया लगायत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी शुरू भएको पनि बताए । 


Advertisment
Nabil box
Kumari

नेपालमा प्रदेश–प्रदेशहरू र स्थानीय सरकारबीच विकासमा प्रतिस्पर्धा पनि शुरू भएकाले लगानीका सम्भावना झन् बढेर गएको उनले बताए । आफ्नो समूहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य ७ राज्यमा पनि निर्माण गर्न लागेको उनले बताए ।

Vianet communication
Laxmi Bank

अन्तर्क्रियामा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था १० अर्ब बराबरको गैरआवासीय नेपालीको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । कोष निर्माणसँगै नेपालमा गैरआवासीय नेपालीको ठूलो तथा संयुक्त लगानी शुरू हुने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैरआवासीय नेपालीमा लगानीको आत्माविश्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पूँजी लगानी गर्न पाइने वातावरण बनेमा गैरआवासीय नेपाली लगायत वैदेशिक पूँजी नेपालमा भित्रिन सक्ने उनले बताए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैरआवासीय नेपालीले ठूलो मात्रामा संयुक्त पूँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफूलाई विश्वास भएको भन्दै आफूहरूले पूँजी संकलनमै जोड दिनुपर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील २ दर्जन व्यवसायी तथा गैरआवासीय नेपाली अगुवा उपस्थित थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x