फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
भारतसँगको सीमा विवादबारे छलफल गर्न नेपाल सरकारले परराष्ट्र सचिवस्तरीय वार्ताको पहल थालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘विशेष दूत’का रूपमा भारत पठाउने चर्चा चलिरहेका वेला सचिवस्तरीय वार्ताको पहल अघि बढाइएको हो ।
प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई ‘विशेष दूत’का रूपमा भारत जान आग्रह गरेपछि उनले १६ मंसिरमा पूर्वराजदूतसहित विज्ञसँग सुझाब मागेका थिए । १८ मंसिरमा नेकपा सचिवालय बैठकमा उनले प्रधानमन्त्री ओलीको चाहनाबारे ‘ब्रिफिङ’ गरे । नेता नेपालले भारतले सीमा विवादबारे कुराकानी गर्न नचाहेको बताएका थिए । सरकारले नेता नेपाललाई अहिलेसम्म औपचारिक रूपमा ‘विशेष दूत’ नियुक्त गरेको छैन ।
‘हामीले भारतसँग विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि आग्रह गर्दै नोट पठाएका छौँ । योबाहेक परराष्ट्र मन्त्रालयले भारतलाई चिठी पठाएको छैन,’ परराष्ट्र सचिव शंकरदास वैरागीले नयाँ पत्रिकासँग भने । विशेष दूतसम्बन्धी विषयबारे मन्त्रालय जानकार नभएको उनको भनाइ थियो । ‘यस सम्बन्धमा राजनीतिक तहमा छलफल भएको हुन सक्छ, हामीलाई जानकारी छैन । हामी सचिवस्तरीय बैठकका लागि प्रयासरत छौँ,’ उनले भने ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विशेष दूत पठाउने विषयमा आवश्यकताभन्दा बढी चर्चा भएको जिकिर गरे । सोमबार सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘प्रधानमन्त्रीज्यूले भारत गइदिन प्रस्ताव गरेको विषय उहाँले अघिल्लो सचिवालय बैठकमा राख्नुभएको हो ।’ नेकपा विदेश विभाग प्रमुखसमेत रहेका नेपालले १६ मंसिरमा नयाँ बानेश्वरको होटेल अर्यालमा विज्ञसँग सुझाब माग्न आयोजना गरेको बैठकमा श्रेष्ठ पनि सहभागी थिए ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...