कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएकी छिन् ।
भूमि प्रशिक्षण केन्द्रले 'नापनक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन' विषयमा मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताएकी हुन् ।
नाप नक्सा सम्बन्धी प्रविधी अन्तराष्ट्रिय स्तरको बनाइने बताउदै मन्त्री अर्यालले अन्तराष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने बताइन् ।
गोष्ठीबाट अन्तराष्ट्रिय सहकार्य र पाठ्यक्रम विकासको विषया अझ बढी चासोको विषय हुने भन्दै उनले केन्द्रले केन्द्रित गर्नुपर्ने क्षेत्रको पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपालले 'नेपाल भ्रमण वर्ष २०२०' मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालको भ्रमण आग्रह गरिन् । 'हामीले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौ,' उनले भनिन्, 'यस सन्दर्भमा हाम्रो देशको भ्रमण गर्नका निम्ती हार्दिक आग्रह गर्दछु । यहाँहरू गएपछि आफ्ना देशका साथीहरूलाई नेपालको भ्रमण गर्न पठाइदिनुहोला ।'
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको बताइएको छ । केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालको विश्वास छ ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले आयोजना गरेको गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका सहभागी रहेको केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए । दुई दिनसम्म गोष्ठी चल्ने गोष्ठीमा १ सय ५० बढी सहभागी रहेका छन् ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...