कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
लोकप्रिय म्यासेजिङ एप भाइबरले हाम्रो पात्रोसँग साझेदारी गरेर हाम्रो राशिफल च्याटबट प्रारम्भ गरेको छ ।
प्रयोगकर्ताको आवश्यकताअनुसार जहाँ पनि, जहिले पनि उपलब्ध हुने यो च्याटबट अनुकूलनीय प्रयोगकर्ता मैत्री, लेख्य–आधारित विशेषतायुक्त छ ।
नेपाली उपभोक्ताहरूले अब भाइबरको साथमा आफ्नो औंलाहरूरुमा राशिफल पाउन सक्नेछन् ।
तत्काल कल गर्ने र सन्देश पठाउने एप प्लेटफर्मका उत्साही एवं उत्सुक प्रयोगकर्तालाई केही नयाँ अनुभव दिलाउन र बफादार आधार निर्माण गर्न चाहन्छ । भाइबरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडि ल्याउनेछ र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरूलाई गहन मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ ।
भाइबर प्रयोकर्ताहरूले अब विना कुनै सदस्यता शुल्क दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल आफूले पाउन, अन्वेषण गर्न र अरूसँग शेयर गर्न सक्नेछन् । यो सेवासँग कुनै अतिरिक्त शुल्क गाभिएको छैन ।
सहकार्य समारोहलाई सम्बोधन गर्दै हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले भने–
‘नेपाली मोबाइल–एप उद्योगको एक अग्रणी भएको नाताले हामी हाम्रा प्रयोगकर्तालाई आफ्नो दैनिक गतिविधिहरूसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरू प्राप्त गर्न र समुदायसँग नजिक रहिरहन सक्षम बनाउन हाम्रो प्लेटफर्ममा सेवाहरू निरन्तर उपलब्ध गराउन प्रयासरत छौं । हामी राकुटेन भाइबरसँग यो साझेदारी गर्न पाएकोमा र भाइबर एपमा देशभरका हाम्रा प्रयोगकर्तालाई आफ्नो राशिफलको भविष्यवाणी प्राप्त गर्न र अद्यावधिक गर्न सक्षम गराउन सकेकोमा खुशी छौं ।’
सोही समारोहमा आफ्नो भनाइ राख्दै राकुटेन भाइबरका सिनियर निर्देशक अनुभव नइयरले भने–
‘ज्योतिषशास्त्र नेपाली संंस्कृतिको एक अभिन्न हिस्सा हो र हामी हाम्रो पात्रोसँग सहकार्य गर्न पाएकोमा तथा हाम्रा नेपाली प्रयोगकर्ताहरूको औंलामा नै राशिफल ल्याउन सकेकोमा प्रफुल्लित भएका छौं । हाम्रा लागि नेपाल एक मुख्य बजार हो र यो पहलकदमीले हाम्रो स्थानलाई अझ सुदृढ पार्ने उद्देश्यबाट अभिप्रेरित छांै, हामी त्यस्तो अनुभूति सिर्जना गर्न चाहन्छौं, जुन हाम्रा प्रयोगकर्ताका लागि सन्दर्भयुक्त एवं सम्बन्धित होऊन् । हामी ढुक्क छौं कि हालैको संयोजनले हाम्रा प्रयोगकर्तालाई थप अर्थपूर्ण मूल्य ल्याउनेछ ।’
दैनिक राशिफलको भविष्यवाणीको ग्राहक बन्नुका अतिरिक्त प्रयोगकर्ताहरूले यी सुविधाहरू पनि प्राप्त गर्नेछन् :
– विभिन्न राशिका भविष्यवाणीहरु जाँच गर्ने–हरेक दिन, साप्ताहिक, मासिक र वार्षिक एकपटक गर्ने ।
– प्रत्येक विहान दैनिक राशिफल प्राप्त गर्ने ।
– व्यक्तिगत राशिफल भविष्यवाणी प्राप्त गर्ने ।
यो नयाँ भाइबर विशेषता अहिले नै प्रयोग गरेर शुरू गर्न तल दिइएको लिंक क्लिक गर्नुहोस् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...